विष्णुमाया मृत्यु प्रकरणमा न्यायको माग गर्दै विद्यार्थीद्वारा प्रदर्शन - Pahilo Online

विष्णुमाया मृत्यु प्रकरणमा न्यायको माग गर्दै विद्यार्थीद्वारा प्रदर्शन

writer

झापा । छात्राको झुन्डिएको अवस्थामा शङ्कास्पद शव फेला परेको भन्दै घटनाको सत्य तथ्य छानबिन गरी उचित न्यायको माग गर्दै विद्यार्थीहरुले साङ्लो प्रदर्शन गरेका छन्। शुक्रबार विद्यार्थीहरुले कचनकवल गाउँपालिका–६ स्थित बनियानी चोकमा बृहत् साङ्लो प्रदर्शन गरेका हुन्। कचनकवल–२ स्थित लक्ष्मीप्रसाद देवकोटा माविमा कक्षा ६ मा अध्ययनरत १४ वर्षीया विष्णुमाया कार्कीको झुण्डिएको अवस्थामा शव फेला परेको थियो।

उनको हत्या भएको भन्दै गाउँपालिकाभरीका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीले झापाका प्रहरी, प्रशासनलाई न्यायका लागि दबाब दिन बृहत् साङ्लो प्रदर्शन गरेका हुन्। दुई हजारभन्दा बढी सहभागी विद्यार्थीहरूले हातमा हात मिलाएर साङ्लो प्रदर्शन गरेका थिए। नेपाल शिक्षक महासंघ कचनकवलको नेतृत्वमा विद्यार्थीले पथरिया बजारदेखि बनियानी चोकसम्म, पाठामारीदेखि बनियानी चोकसम्म, बालुवाडीदेखि बनियानी चेकसम्म साङ्लो प्रदर्शन गरेका हुन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes