आर्मीलाई हराउँदै मछिन्द्र क्लब तेस्रो संस्करणको सताक्षी गोल्डकप फुटबलको फाइनलमा - Pahilo Online

आर्मीलाई हराउँदै मछिन्द्र क्लब तेस्रो संस्करणको सताक्षी गोल्डकप फुटबलको फाइनलमा

writer

काठमाडौं । मछिन्द्र फुटबल क्लब तेस्रो संस्करणको सताक्षी गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । झापाको झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र उपाधि नजिक पुगेको हो । मछिन्द्रको जितमा रेजिन सुब्बाले एक गोल गरे । आर्मीका विकास खवासले एक आत्मघाती गोल गरे ।

लिगको उपविजेता आर्मी्विरुद्ध मछिन्द्र दुवै हाफमा एक एक गोल गरेको थियो । खेलको २१ औं मिनेटमा रेजिनले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७४ औं मिनेटमा विकासले आत्मघाती गोल गरेपछि मछिन्द्र फाइनल पुगेको हो ।

यससँगै सहिद स्मारक ’ए’ डिभिजन लिग च्याम्पियन बनेको एक साता नबित्दै मछिन्द्रले अर्को प्रतियोगिताको फाइनलमा स्थान बनाउन सफल भएको छ । अब मछिन्द्रले उपाधिका लागि थ्री स्टार क्लबसँग आइतबार खेल्नेछ । आयोजक सतासीधाम स्पोर्टिङ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै थ्री स्टार फाइनल पुगिसकेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes