अशक्तहरुलाई वडा अध्यक्ष राईद्वारा ह्विल चेयर प्रदान - Pahilo Online

अशक्तहरुलाई वडा अध्यक्ष राईद्वारा ह्विल चेयर प्रदान

writer

पथरीशनिश्चरे । पथरी शनिश्चरे वडा नम्बर १० का वडा अध्यक्ष सागर राईले आफ्नो वडाको शारीरिक अपाङ्गता भएकोहरुलाई व्हिल चेयर बितरण गर्ने अभियान अनुरुप आज थप एक जनालाई एक थान ह्विल चियर प्रदान गरेका छन। राईले १० नम्बर वडाको विरेन्द्र टोल बस्ने वर्ष ३० कि दुर्गा खतिवडालाई ह्विल चेयर प्रदान गरेका हुन। जन्मदा सकुशल नै जन्मे पनी ८ महिनाको उमेरबाट अपाङ्गताको सिकार बनेकी खतिवडालाई हिडडुल गर्न सहज होस भनेर ह्विल चियर वितरण गरेको राईले बताए।

केही दिन अघि मात्र राईले अर्का १ जना वडाका अशक्तलाई ह्विल चेयर बितरण गरेका थिए । वडा अध्यक्ष राईले आफ्नो वडाका शारीरिक अपाङ्गता भएकाहरुलाई बिभिन्न अवसरमा ब्यक्तिगत स्रोत समेत प्रयोग गर्दै व्हिल चेयर बितरण कार्यलाई निरन्तरता दिदै आएका छन । वडाअध्यक्ष राईले केही दिन अघि वडाको हिडडुल गर्न नसक्ने बिपन्न बर्गको बर्ष ४६ को गीता चौहानलाई ह्विल चेयर प्रदान गरेका थिए । वडावासीहरुको प्रत्येक समस्यालाई आफ्नै ठानी समाधान गर्न रुचाउने राईले आफ्नो सेवा सुविधा सहित निजि श्रोतहरुको समेत व्यवस्थापन गरि वडाबासीहरुका लागि सहयोग गर्दै आएका छन।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes