विराटनगरबाट सुनका गहना चोरी गर्ने सुरक्षा गार्ड पक्राउ - Pahilo Online

विराटनगरबाट सुनका गहना चोरी गर्ने सुरक्षा गार्ड पक्राउ

writer

विराटनगर । विराटनगरबाट सुनका गहना चोरी गर्ने सेक्युरिटी गार्ड पक्राउ परेका छन् । विराटनगर–५ चाँदनी चोकस्थित रहेको राष्ट्रिय मानव अधिकार आयोग १ नं. प्रदेश कार्यालयको माथिल्लो तलामा बस्ने वसन्ती विष्ट जोशीको कोठाको दराजमा राखेको सुनका गरगहनाहरू चोरी गर्ने एक सुरक्षा गार्डलाई प्रहरीले पक्राउ गरेको हो ।

गत मंगलबार कञ्चनपुर बेदकोट नगरपालिका–७, गाउजी घर भई विराटनगर बसेर राष्ट्रिय मानव अधिकार आयोग १ नं. प्रदेश कार्यालयमा सुरक्षा गार्डको रूपमा कार्यरत ३३ वर्षीय शेरसिंह दर्लामी मगरले सुनका गरगहना चोरेका थिए । मंगलशुत्रसहितको प्याण्डल–१ थान, तिलहरी–१ थान, औँठी २ थान, बाला २ सेट, कानमा लगाउने झुम्का १ सेट समेत चोरी गरी लगेकोमा उक्त गहनामध्येबाट मंगलसुत्र, औँठी र तिलहरीसहित बिहीबार उनकै घरबाट पक्राउ परेका हुन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes