प्रहरी जवानद्वय राज कुमार घिमिर र श्रीमान राई माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित - Pahilo Online

प्रहरी जवानद्वय राज कुमार घिमिर र श्रीमान राई माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

writer

मोरङ । जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी जवान राज कुमार घिमिरे र इलाका प्रहरी कार्यालय धुलावारी झापामा कार्यरत प्रहरी जवान श्रीमान राई माघ महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका छन् ।

विभागिय मुल्य मान्यता, आदेशनिर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसकासाथ प्रतिबन्धित लागूऔषध ओसार(पसार, अवैध रुपमा बिभिन्न किसिमका खाद्यान्न सामानहरु तस्करीमा संलग्न व्यक्तिहरु एवं बिभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई फरार रहेका अभियुक्तहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भई आम सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरीक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा सुरक्षाको अनुभूती अभिवृद्धि गर्ने तर्फ प्रशंसनिय कार्य गरेकोले जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी जवान राज कुमार घिमिरे र इलाका प्रहरी कार्यालय धुलावारी झापामा कार्यरत प्रहरी जवान श्रीमान राईलाई निजहरुले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले २०७६ साल माघ “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरेको हो ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes