थ्री स्टार क्लव सताक्षी गोल्डकपको फाइनलमा प्रवेश - Pahilo Online

थ्री स्टार क्लव सताक्षी गोल्डकपको फाइनलमा प्रवेश

writer

झापा । थ्री स्टार क्लब तेस्रो संस्करणको सताक्षी गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । झापाको झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा बिहिबार आयोजक सतासीधाम स्पोर्टिङ क्लबलाई ३(१ गोल अन्तरले पराजित गर्दै थ्री स्टार उपाधि नजिक पुगेको हो । थ्री स्टारको जितमा कप्तान बिक्रम लामा, अनन्त तामाङ र अशोक खवासले एक एक गोल गरे । सतासीधामका पदम भट्टराईले एक गोल फर्काए ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको थ्री स्टार दोस्रो हाफमा तीन गोल गरेको थियो । सतासीधामले पेनाल्टीबाट एक गोल फर्किएको थियो । अब थ्री स्टारले उपाधिका लागि ’ए’ डिभिजन लिग विजेता मछिन्द्र फुटबल क्लब र उपविजेता त्रिभुवन आर्मीबीचको विजेतासँग खेल्नेछ ।

सतासीधाम स्पोर्टिङ क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले ६ लाख नगद पाउने छ। उपविजेताले ३ लाख पाउने छ । यस्तै प्रतियोगिताका म्यान अफ दि टुर्नामेन्टले ५० हजार र हाइ स्कोररलाई २५ हजार पाउने छन् । त्यस्तै, उत्कृष्ट मिडफिल्डर, फरवार्ड, डिफेन्डर, गोलकिपर र उत्कृष्ट प्रशिक्षकले जनही २०र२० हजार पाउने छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes