भारतमा बस दुर्घटना हुदा सुनसरीका ६ जना तीर्थयात्रीको ज्यान गयो - Pahilo Online

भारतमा बस दुर्घटना हुदा सुनसरीका ६ जना तीर्थयात्रीको ज्यान गयो

writer

भारतको सलेम बेंगलारु नेशनल हाइवेमा बिहीबार बिहान बस दुर्घटना हुँदा तीर्थयात्राका लागि भारत गएका ६ नेपालीको ज्यान गएको छ । नेपाली तीर्थयात्री चढेको मिनीबस यूटर्न लिन लाग्दा राजमार्गमा अर्को बससँग ठोक्किएको थियो । दुर्घटनामा १८ जना घाइते भएका भारतीय सञ्चार माध्यम द हिन्दूले जनाएको छ ।

ज्यान गुमाउनेमा ५६ वर्षीय गोपाल तामाङ, ६० वर्षीय विष्णु दाहाल, ४६ वर्षीय वीरबहहादुर राई, ५० वर्षीय टीकाराम र ५० वर्षीया बेलुकारी चौधरीको नाम खुलेको छ ।घाइते भएका १८ जनाको स्थानीय अस्पताल मोहन कुमार मंगलम मेडिकल कलेजमा उपचार भैरहेको छ ।

सुनसरी जिल्लाबाट गएको माघ २३ गते ३४ जनाको नेपाली टोली भारततर्फ गएको थियो । उनीहरु ३५ दिने यात्राको लागि भारत गएको सुनसरीका अमरनाथ चौधरीले बताएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes