प्रदेश १ मा पानीमा डुबेर २ युवक र १ बालकको मृत्यु - Pahilo Online

प्रदेश १ मा पानीमा डुबेर २ युवक र १ बालकको मृत्यु

writer

सुनसरीको रामधुनी नगरपालिका ७ का २६ बर्षीय मिलन राईको पैनीमा डुबेर मृत्यु भएको छ । बुधवार अपरान्ह ४ बजेको समयमा रामधुनी नगरपालिका ७ चौबिसबिघा भन्ने स्थानमा रहेको पैनीको पानीमा नुहाउने क्रममा अचानक पैनीमा खसेर डुब्दा राईको घटनास्थलमा नै मृत्यु भएको भन्ने खबर प्राप्त भए संगै ईलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले राईलाई पैनीमा मृत फेला पारेको थियो । मृतकको कानूनी प्रकृया पूरा गरी शव परिक्षणको लागि बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको छ भने अन्य थप अनुसन्धान भईरहेको प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी इलाम देउमाई नगरपालिका ८ बस्ने १८ बर्षीय नबिन अधिकारीको खोलामा डुबेर मृत्यु भएको छ । बिहिबार दिउँसो १ बजे सोही नगरपालिका ९ मा रहेको गुनमुनेको माइखोलाको ड्याममा पौडी खेल्ने क्रममा एक्कासी डुबेर अधीकारीको मृत्यु भएको भन्ने निजका आफन्तले प्रहरी चौकी चिसापानीमा जानकारी गराउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ।

यसैगरी सुनवर्सी २ महाराजथान बस्ने सन्तोश शर्माको छोरा १९ महिनाको प्रदिप शर्माको पानीमा डुबी मृत्यु भएको छ । बिहिबार दिउँसो साढे १ बजे खेल्ने क्रममा घर नजिकै रहेको पानी जमेको खाल्डोमा डुबी मृत अवस्थामा निज नाबालकको मृत्यु भएको भनि आफन्तले प्रहरी चौकी अमरदहमा जानकारी गराउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालयले मोरङले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes