प्याराडाईज ईङलिस बोर्डिङ स्कुलको १६ औँ वार्षिक उत्सव तथा अभिभावक दिवश भव्यताका साथ सम्पन्न - Pahilo Online

प्याराडाईज ईङलिस बोर्डिङ स्कुलको १६ औँ वार्षिक उत्सव तथा अभिभावक दिवश भव्यताका साथ सम्पन्न

writer

अर्पना केशी । पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे ९ मा रहेको प्याराडाईज ईङलिस बोडिङ स्कुलले आफ्नो १६ औँ वार्षिक उत्सव तथा अभिभावक दिवश २०७६ भव्यताका साथ सम्पन्न गरेको छ । वार्षिक उत्सवको पहिलो दिन बुधबार अभिभावकहरुका लागी विभिन्न मनोरञ्जनात्मक खेलहरु खेलाइएको थियो । जसमा म्युजीकल चियरमा प्रथम, द्वितीय र तृतीय क्रमश अभिभावकहरु राधा राई, शिव श्रेष्ठ, सोनु राई भएका थिए ।

टिफिन बक्स प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय क्रमश शिव श्रेष्ठ, सोनु राई, कुमारी घिमिरे भएका थिए । यसै गरी अभिभावक र शिक्षक बिचको भलिबल खेलमा विजयी अभिभावकको टिम दुर्गा लिम्बु, गगां लिम्बु, राधा राई, जेवि श्रेष्ठ, योगेश भट्टराई र मित्रलाल खतिवडा रहेकाछन् ।

यसै गरी आज दोस्रो दिन औपचारीक कार्यक्रमको आयोजना गरी साङ्गीतिक कार्यक्रम साथै स्कुलले यस आर्थिक वर्षमा गरेका विभिन्न अतिरितm क्रियाकलापका विजेता विद्यार्थीहरु र कक्षा नर्सरी देखि कक्षा १० सम्म प्रथम द्वितीय र तृतीय श्रेणी हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ ।

आजको कार्यक्रममा खेलकुदमा विजयी हुने अभिभावकहरु लाई पनि पुरस्कार वितरण गरिएको छ । म्युजीकल चियर र टिफिन बक्स प्रतियोगितामा प्रथम, द्धितीय र तृतीयलाई क्रमश १ हजार ५ सय, १ हजार र ५ सय र भलिबल खेलको विजेता अभिभावक टिमलाई १ हजार ५ सय पुरस्कारको चेक हस्तान्त्रण गरेको छ ।

औपचारीक कार्यक्रमका प्रमुख अतिथी वडा नं ९ का अध्यक्ष भानु भानुभक्त राईले स्कुलले सुरुवाती चरण देखि अहिले सम्मको अवस्था हेर्दा धेरै प्रगती गरेको र गुरस्तरीय शिक्षा प्रदान गरेर अभिभावकको मन जित्न सफल भएको बताएकाछन् । यस स्कुललाई आफुले वडाको तर्फबाट सक्ने सहयोग गर्ने र आगामी दिनमा पनि अझ प्रविधि मैत्री बनेर प्रगती गर्न समेत उनले शुभकामना दिए ।

कार्यक्रममा सोमनमथ भट्टराई, छविन्द्र मानसिहं कार्की, शनिश्चरे कुशे चौरी प्रहरी चौकीका ईञ्चार्ज हरिलारायण राजवंशी, एकराज निरौला लगायतले स्कुलको अझ प्रगतीको कामना गरेकाछन् । कार्यक्रममा प्रिन्सीपल होमनाथ घिमिरेले भावि योजना प्रस्तुत गदै प्रविधीलाई विशेष जोड दिने विद्यालय भएकोले प्रविधी मैत्री सामाग्री थप गदै जाने बताएकाछन् । उनले विद्यालय, विद्यार्थी र अभिभावक बिच उत्तिकै महत्व रहनु पर्ने बताएका हुन् ।

२०६० सालमा विधीवत रुपमा संचालनमा आएको विद्यालय अभिभावकहरुको रोजाईमा पर्न सफल भएको छ । यस स्कुलले गुणस्तरीय, भयरहित र प्रविधी मैत्री वातावरणमा शिक्षा प्रदान गदै आएको छ । कार्यक्रममा शान्तीराम बरालले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम निर्देशक सुरेन्द्र लिम्बुको सभापतित्वमा सम्पन्न भएको थियो ।

मा प्रकाशित

1 thought on “प्याराडाईज ईङलिस बोर्डिङ स्कुलको १६ औँ वार्षिक उत्सव तथा अभिभावक दिवश भव्यताका साथ सम्पन्न

  1. धेरै खुशी लाग्यो प्याराडाइज स्कुलले प्यारेन्स-डे को उपलक्ष्यमा बिध्यार्थी को मात्र नभए अभिभावक को लागि पनि बिभित कार्यक्रम राखेर र बिगत केही साल देखि यस बिध्यालय ले शिक्षाको गुणस्तरमा पनि निकै अगाडि फड्को मारेको छ साथै बार्षिक हुने हरेक कार्यक्रम मा नृत्य कार्यक्रम हुने साथै आधुनिक टेक्नोलोजी मा नियमित कम्पुटर कोर्ष हरु पनि रहेको ले बिध्यार्थिलाइ थप उत्प्रेणा मिल्नुको साथै हामी अभिभावक लाई पनि प्रेरित बनाएको छ र आगामी दिन हरुमा अझै प्रगती गर्दै द्रुत गतिमा शिक्षा क्षेत्रमा फट्को मारुन मेरो सधै शुभकामन दिन चाहन्छु प्याराडाइज स्कुल लाई।
    धन्यवाद

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes