खोकु–छिन्ताङ हत्याकाण्डका शहीद परिवारलाई ४० वर्षपछि राज्यको तर्फबाट राहत - Pahilo Online

खोकु–छिन्ताङ हत्याकाण्डका शहीद परिवारलाई ४० वर्षपछि राज्यको तर्फबाट राहत

writer

धनकुटा । खोकु–छिन्ताङ–आँखिसल्ला हत्याकाण्डका शहीद परिवारले ४० वर्षपछि राज्यको तर्फबाट राहत पाएका छन् । प्रदेश नम्बर १ सरकारले शहीदभूमि गाँउपालिकाको खोकु–छिन्ताङ्ग र आँखिसल्लामा २०३६ सालमा हत्या गरिएका १६ व्यक्तिका परिवारलाई प्रति परिवार पाँच लाख रुपैयाँका दरले राहत उपलब्ध गराएको हो ।

छिन्ताङको सहिद पार्कमा प्रदेश सरकारले एक कार्यक्रमको आयोजना गरी मुख्यमन्त्री शेरधन राईले प्रति परिवार पाँच लाखका दरले राहत वितरण गरेको प्रमुख जिल्ला अधिकारी डा.कृष्णबहादुर घिमिरेले बताए ।

तत्कालीन पञ्चायती सरकारले त्यस क्षेत्रका १६ जना सर्वसाधारण नागरिकहरुलाई राजनीतिक आस्थाको आधारमा गोली हानेर निर्मम हत्या गरेको थियो । कम्युनिष्ट पार्टीमा आस्था राखेको आरोपमा खाल्सा क्षेत्रका तीन दिनको सुत्केरी सहित १६ जना सर्वसाधारण नागरिकहरु मध्ये कोहीलाई भीरबाट लडाएर, कोहीलाई गोली हानेर र केहीलाई नदीमा बगाएर हत्या गरिएको थियो ।

त्यस घटनाका बेला मुलुकको प्रधानमन्त्री धनकुटाका मुगाका सूर्यबहादुर थापा हुनुहुन्थ्यो । सरकारको ठाडो आदेशमा उनीहरुको हत्या गरिएको थियो । २०३६ साल कार्तिक २७, २८ र २९ गते भएको थियो । छिन्ताङ हत्याकाण्डका शहीदहरुलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ साल पौष २८ गते राष्ट्रिय सहिद घोषणा गरेको थियो ।

गत कात्तिक २९ गते छिन्ताङ सहिद पार्कमा भएको कार्यक्रममा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले केही दिनमै शहीद परिवारलाई पाँच लाखका दरले राहत रकम उपलब्ध गराउने घोषणा गरेका थिए । घोषित कार्यक्रम अनुसार प्रदेश सरकारले राहत वितरण गरेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes