‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लव सताक्षी गोल्डकपको सेमिफाइनलमा - Pahilo Online

‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लव सताक्षी गोल्डकपको सेमिफाइनलमा

writer

काठमाडौं । ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब तेस्रो संस्करणको सताक्षी गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । झापाको झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा बुधबार गोर्खा ब्वाईज रुपन्देहीलाई २–१ गोल अन्तरले पराजित गर्दै मछिन्द्र अन्तिम चारमा पुगेको हो ।

मछिन्द्रले १ गोलले पछि परेको स्थिति उल्टाएर गोर्खालाई हराएको हो । मछिन्द्रको जितमा आन्द्रेस निया र विमल घर्ति मगरले एक एक गोल गरे । गोर्खाका काजिमले एक गोल फर्काए । अब मछिन्द्रले सेमिफाइनलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।

लिगको उपविजेता आर्मी दार्जी्लिङको एमएफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगिसकेको छ । सतासीधाम स्पोर्टिङ क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले ६ लाख नगद पाउने छ। उपविजेताले ३ लाख पाउने छ । यस्तै प्रतियोगिताका म्यान अफ दि टुर्नामेन्टले ५० हजार र हाइ स्कोररलाई २५ हजार पाउने छन् ।

त्यस्तै, उत्कृष्ट मिडफिल्डर, फरवार्ड, डिफेन्डर, गोलकिपर र उत्कृष्ट प्रशिक्षकले जनही २०र२० हजार पाउने छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes