लागुऔषध सहित ३ जना उदयपुरबाट पक्राउ - Pahilo Online

लागुऔषध सहित ३ जना उदयपुरबाट पक्राउ

writer

उदयपुर । उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउन सुगर र ट्याब्लेट सहित ३ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले मंगलवार राती पौने ८ बजे त्रियुगा नगरपालिका ११ का २२ बर्षीय प्रशान्त राई र वडा नम्बर १२ का १८ बर्षीय रुपम लिम्बुलाई फेनारगन १९ एम्पुल, डाईजेल्याप १७ एम्पुल, नोफिन १५ एम्पुल र लेबल बिनाको ३ एम्पुल गरी जम्मा ५४ एम्पुल लागुऔषध सहित सिदार्थ टोलबाट पक्राउ गरेको हो ।

यसैगरी राती साँढे १० बजे त्रियुगा नगरपालिका ११ पिपल चोकबाट स्थानीय १८ बर्षीय राउल श्रेष्ठ २० ग्राम ब्राउन सुगर सहित पक्राउ परेका छन् । गस्तिमा खटिएको प्रहरी टोलीले ३ जनालाई नै लागुऔषध सहित पक्राउ गरेको र सो सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes