असईमा जागिर लगाइदिन्छु भनेर ठगी गर्ने नक्कली इन्सपेक्टर पक्राउ - Pahilo Online

असईमा जागिर लगाइदिन्छु भनेर ठगी गर्ने नक्कली इन्सपेक्टर पक्राउ

writer

नेपाल प्रहरीको इन्सपेक्टर बनेर असईमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका घर भएका २२ वर्षीय विजय वाग्ले रहेका छन् ।

असईमा जागिर लगाइदिन्छु भन्दै दुई जनासँग डेढ लाख रुपैयाँ ठगी गरेको आरोपमा वाग्ले पक्राउ परेका हुन् । कामको सिलसिलामा एक महिनाअघि भारतको सिलिगुडी जाँदा पीडित भनिएका दुई जनासँग वाग्लेको भेट भएको थियो । सो समय उनले आफू नेपाल प्रहरीको इन्सपेक्टर रहेको र हाल विराटनगर तालिम केन्द्रमा कार्यरत रहेको भन्दै परिचय पत्र देखाएका थिए । उनले डीआईजी साप आफ्नो ठूलो बुवा भएको बताउँदै प्रहरीमा जागिर खाने भए आफूलाई सम्पर्क गर्न आफर दिएका थिए ।

उनले सो बेला पीडित भनिएकाहरुको नम्बर लगेर केही दिनपछि असईको जागिर खुलेको भन्दै दुई जनालाई नै काँकरभिट्टा बोलाएका थिए । उनले दुवैलाई फारम भर्न लगाएर प्रक्रिया मिलाउन १–१ लाख रुपैयाँ माग गरेका थिए ।

जागिर पाउने आशामा पीडितमध्ये एक जनाले वाग्लेलाई ५० हजार र अर्काले एक लाख रुपैयाँ बुझाएका थिए । तर, त्यसपछि भने वाग्लेले फोन उठान र भेट्न छाडेका थिए । वाग्लेको व्यवहारमाथि शंका लागेर दुई काँकरभिट्टा ईलाका प्रहरी कार्यालयमा पुगेका थिए । पछि वाग्ले फेरि पैसा चाहियो भन्दै सम्पर्कमा आएपछि प्रहरीले उनलाई मेचीनगर नगरपालिका ६ काँकरभिट्टा बजारबाट पक्राउ गरेको थियो ।

उनको साथबाट प्रहरीले प्रहरी निरीक्षकको दज्र्यानी चिन्हसहितको प्रहरीको बर्दी लगाएको फोटोसहितको नक्कली परिचय पत्र पनि बरामद गरेको छ । उनीमाथि ईलाका प्रहरी कार्यालय काकरभिट्टामा ठगी र सरकारी कागज किर्ते शीर्षकमा मुद्दा दर्ता गरिएको र झापा जिल्ला अदालतको अनुमतिले थप अनुसन्धान भइरहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes