दमकमा आजबाट छैठौं दमक फुड फेस्टिबल शुरु - Pahilo Online

दमकमा आजबाट छैठौं दमक फुड फेस्टिबल शुरु

writer

दमक । झापाको दमकमा बुधबारदेखि छैठौं दमक फुड फेस्टिबल शुरु भएको छ। दमकस्थित बसपार्कनजिकै होटल व्यवसायी संघको आयोजनामा शुरु भएको फेस्टिबलको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले उद्घाटन गरेका हुन्। फेष्टिबलमा विभिन्न जातीय समुदायका खाद्यपरिकारका स्टल राखिएका छन्। संघीय सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई समेत सघाउ र्पुयाउने उद्देश्यले फुड फेष्टिबल शुरु गरिएको संघका अध्यक्ष राजन दंगालले बताएका छन्। फेस्टिबलका संयोजक सुधिर प्रधानका अनुसार ११ फागुन सम्म चल्ने फेस्टिबलमा विभिन्न जातजातीका विशेष खानेकुराहरु पाइनेछ। फेस्टिबल अवधिभर आउने ग्राहकलाई मध्यनजर गर्दै दमकका होटल तथा लजको २६ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको संयोजक प्रधानले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes