पथरी उद्योग वाणिज्यसंघको १७ औँ वार्षिक साधारणसभामा भवन सिल्यान्यास - Pahilo Online

पथरी उद्योग वाणिज्यसंघको १७ औँ वार्षिक साधारणसभामा भवन सिल्यान्यास

writer

पथरीशनिश्चरे । पथरी उद्योग वाणिज्यसंघको १७ औँ वार्षिक साधारणसभा सोमबार सिन भिलेज पार्टीप्यालेसमा सम्पन्न भएको छ । साधारणसभाको अवसर पारेर पथरीशनिश्चरे—२, मा करिव साढे चार करोडको लगानीमा बन्न लागेकोसंघको भवन पनि सिल्यान्यास गरिएको छ । संघले करिव ३ कट्टा जमिनमा गेष्ट हाउस सहितको अत्याधुनिक सुविधा सम्पन्न भवन बनाउन लागेको हो । सोही अवसरमा संघले हाल सम्मका गतिविधिहरु समेटेर स्मारिका समेत सार्वजनिक गरेको छ ।

कार्यक्रममा पथरी घर भइ नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा निर्वा्चित अशोक शंकर, नेपालभर करिव २३ हजार सामुदायिक वनहरु मध्ये उत्कृष्ट घोषित हुदै गणेशमान सिंह सामुदायिक वन प्रथम पुरस्कार विजेता पथरीको हरियाली सामुदायिक वन उपभोक्ता समितिको तर्फबाट अध्यक्ष काबुलबहादुर मगर, उत्कृष्ट व्यावसायीको रुपमा प्याकुरेल हार्डवेरका संचालक हरिराज प्याकुरेल, मानबहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो । पथरी घर भएका डा. भुपेन्द्र बस्नेत, पाइलट भोगेन्द्र कठायत, प्रथम महिला शंकराचार्य हेमानन्द गिरीलाई सम्मान गरिएको थियो ।

त्यसैगरी संघको पूर्व अध्यक्षहरु लालचन्द लुनिया, देविप्रसाद ओली, पर्शुराम अधिकारी, गणेश भट्टराई, ईश्वरीप्रसाद घिमिरे, गंगाप्रसाद सुवेदी, सीताराम विष्ट, मानप्रसाद लिम्बू, पर्शुराम कार्की, डिगबहादुर बस्नेत, धनकुमार तामाङलाई सम्मान गरेको हो ।

उद्योग वाणिज्य संघ पथरीका अध्यक्ष दीपक वस्नेतको सभापतित्वमा भएको कार्यक्रममा ६५ जना आजीवन सदस्यलाई सदस्यता पत्रसहित सम्मान गरिएको थियो । आजीवन सदस्यहरुबाट भवन निर्माणको लागि कम्तिमा ५१ हजारको दरले सदस्यता शुल्क संकलन भएको संघका महासचिव अशोक राईले बताए ।

भवन निर्माणका लागि कार्यक्रममा उपस्थित इटहरी उद्योग वाण्ज्यि संघका अध्यक्ष भीमबहादुर पौडेलले सात लाख ५१ हजार १११ रुपैया, पथरीका स्थानीय व्यवसायी मानबहादुर श्रेष्ठले पाँच लाख ५५ हजार ५५५, प्रदेश १ का उद्योग वाण्ज्यि महासंघका बरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले एक लाख एक हजार भवन निर्माणको लागि सहयोग प्रदान गर्ने घोषणा गरेका छन् ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल हवाइजहाज उडान नभएपछि उपस्थित भएनन् । कार्यक्रममा संविधान सभा सदस्य चण्डीप्रसाद राई, प्रदेश १ सभासदस्य कृष्णाकुमारी राई, पथरीशनिश्चरे नगरका उपप्रमुख यमुना विष्ट, इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष भीमबहादुर पौडेल, विभिन्न पार्टीका प्रतिनिधिहरुले साधारण सभा सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा संविधान सभा सदस्य लालबहादुर मगर, प्रदेश १ सभा सदस्यहरु कुलप्रसाद साम्बा, कला घले लगायतको उपस्थिति रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes