चिनारीको १० औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न - Pahilo Online

चिनारीको १० औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

writer


पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका २ देविगञ्जस्थित चिनारी अङग्रेजी बोर्डिङ स्कुलको १० औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार सम्पन्न भएको छ । सो अवसरमा स्कुलले सांस्कृतिक कार्यक्रम गर्नुका साथै विभिन्न अतिरिक्त क्रियाकलापका विजेताहरुलाई पुरस्कार वितरण गरेको छ ।

स्कुलका संचालक सोमनाथ नेपालको सभापतित्वमा भएको कार्यक्रममा एनप्याब्सन प्रदेश १ का अध्यक्ष जयबहादुर श्रेष्ठ प्रमुख अतिथि रहेका थिए । यस्तै विशिष्ट अतिथिमा वडा नं २ का वडाध्यक्ष यामप्रसाद गुरागाइ रहेका थिए । विद्यालयकी शिक्षिका कमला तिम्सिनाले स्वागत मन्तब्य राखेकी थिइन् ।

कार्यक्रममा स्कुलमा अध्ययनरत विद्यार्थीहरुले गीत, नृत्य, प्रहसन प्रदर्शन, कविता वाचन गरेर अभिभावकहरुलाई मनोरञ्जन दिलाएका थिए । अभिभावक दिवसको अवसरमा फुटबल, टेबल टेनिस, विभिन्न दौड, म्युजिकल चेयर लगायतको खेलकुदको आयोजना गरिएको थियो ।

कार्यक्रममा खेलकुदको विजेता, उपविजेता, कक्षा उतिर्ण हुदाको उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । विद्यालयले हरेक वर्ष यस किसिमको कार्यक्रमहरु आयोजना गर्दै लोकप्रियता हासिल गरिरहेको छ । ग्रामिण भेगमा रहेको चिनारीले गुणस्तरीय शिक्षालाई जोड दिदै आएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes