पथरी शनिश्चरे नगर प्याव्सन फुटबल प्रतियोगिताको उपाधि प्यागोडालाई - Pahilo Online

पथरी शनिश्चरे नगर प्याव्सन फुटबल प्रतियोगिताको उपाधि प्यागोडालाई

writer

पथरीशनिश्चरे । संस्थागत विद्यालयहरुको छाता संघठन प्याव्सन पथरी शनिश्चरे नगर कमिटिको आयोजनामा भएको फुटबल खेलमा न्यू प्यागोडाले उपाधिजितेको छ । रेडस्टार आवासीय माविसंग भएको फाइनल खेलमा निर्धारित समयमा कुनैपनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि खेल बराबरीमा पुगेपछि सडनडेथबाट न्यू प्यागोडाले जित निकालेको हो ।

प्रतियोगिताको म्यान अफ द सिरिज प्योगोडाको प्रविण ढकाल घोषित भए । खेलमा सबैभन्दा बढी गोल गर्ने अन्नपूर्णका गणेश बुढाथोकी पुरस्कृत भए ।

प्रतियोगितामा वाल्मीकी बोर्डिङ स्कुल र अन्नपूर्णवीच भएको खेलमा वाल्मीकी विजय हुँदै तेस्रो र अन्नपूर्ण चौथो भएका थियो । विजेता चौथो स्थान प्राप्त गर्ने स्कुललाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

चार दिनसम्म भएको खेलमा नगरको २० वटा टिम सहभागि भएको प्याव्सन खेल संयोजक खगेन पुलामी मगरले बताए । खेलमा कक्षा ८ सम्मको विद्यार्थी सहभागि गराइएको थियो । प्याब्सनको नगर अध्यक्ष उपेन्द्र कडेलको सभापतित्वमा भएको समापन कार्यक्रममा नगरपालिका वडा नम्बर १ का अध्यक्ष बाबुराम लिम्बू, प्याव्सन प्रदेश समिति सदस्य नोवलकिशोर खनाल, जिल्ला सदस्य टिका दंगाल लगायतको सहभागिता रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes