लागुऔषध बेचबिखनमा संग्लग्न ३ पक्राउ - Pahilo Online

लागुऔषध बेचबिखनमा संग्लग्न ३ पक्राउ

writer

उदयपुर । उदयपुरको बेल्टार नगरपालिका ९ बाट लागुऔषध बेचबिखनमा संग्लग्न ३ जनालाई पक्राउ गरिएको छ । स्थानीय आकाश तिम्सिनाको घरबाट लागुऔषध बेचबिखन भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले घरधनी ३५ बर्षीय आकाश तिम्सिना सहित बेल्टार नगरपालिका(१ का ३२ बर्षीय बिकास बस्नेत र धरान(१३ का ३८ बर्षीय प्रणय निरौलालाई पक्राउ गरेको हो । निजहरुको साथबाट प्रहरीले डाईजोल्याव ३ एम्पुल, leegesic ४ एम्पुल, फेनारागन ४ एम्पुल, डाईलक्स डिसी १०० एम.एल को २ बोतल, नाईट्राभेट ११ ट्याब्लेट, स्पास्मोप्रोक्सिवन ५९ ट्याब्लेट, गाँजा ३०० ग्राम, नगद १५ हजार र मिनिल्यापटप १ थान समेत बरामद गरेको छ । पक्राउ परेका निजहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes