प्रदेश लोकसेवा आयोग कार्यालय धनकुटा राख्न सांसदद्वारा ध्यानाकर्षण - Pahilo Online

प्रदेश लोकसेवा आयोग कार्यालय धनकुटा राख्न सांसदद्वारा ध्यानाकर्षण

writer

विराटनगर । प्रदेश सभाको बैठकमा प्रदेश लोकसेवा आयोगको कार्यालयलाई धनकुटामा राख्नु पर्ने माग उठेको छ । प्रदेश सभा बैठकको शुन्य समयमा बोल्दै प्रदेश सभा सदस्य लिला सुब्बाले लोकसेवा आयोगको कार्यालय धनकुटामा राख्ने भनिएको भएपनि बिराटनगरमा राख्न खोजिएको भन्दै ध्यानाकर्षण गराए । यस अघि प्रदेश सभा सदस्य रामचन्द्र लिम्बुले लोकसेवा आयोगको कार्यालय धनकुटामा नै स्थापना हुनु पर्ने माग गर्दै त्यहाको जनतालाई ढाट्ने काम नगर्न सरकारलाई आग्रह गरे ।

त्यस्तै धुनकुटामा स्थापना हुने भनिएको मेडिकल कलेज संचालनका लागि समेत नीति, कार्यक्रम र बजेट समेत आएको अबस्थामा त्यसको संभाब्यत अध्ययनको काम समेत नभएको सांसद सुब्बाले सरकारको ध्यानाकर्षण गराए ।

सांसद विनादेबी राईले ईटहरी उपमहानगरपालिका वडाहरुमा ईटा भट्टाको लागि माटो उत्खनन् हुँदा खेतीयोग्य जमन अनुत्पादक हुन थालेको भन्दै तत्काल रोक्न प्रदेश सरकारसँग माग गर्नुभयो । उदयपुरकी सांसद सञ्जाकुमारी दनुवारले प्रदेश सरकारको दुई बर्ष बितिसक्दा पनि प्रदेशलाई नाम दिन नसकेकोमा असन्तुष्टी ब्यक्त गरिन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes