चाँदी र तामाका सामान सहित २ जना पक्राउ - Pahilo Online

चाँदी र तामाका सामान सहित २ जना पक्राउ

writer

झापा । झापाको मेचीनगर नगरपालिका ६ मेची खोला छेउबाट ठुलो परिणाममा चाँदी र तामाको सामान सहित २ जना पक्राउ परेका छन् । आईतवार दिउँसो साँढे ३ बजे ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ महानगरपालिका ६ बौद्धका ३४ बर्षीय अजित नगरकोटी र काठमाण्डौ महानगरपालिका १ का ३८ बर्षीय श्याम सुनुवारलाई चाँदी र तामाका सामान सहित पक्राउ गरेको हो । नगरकोटी र मुखियाको साथबाट प्रहरीले ११ केजी ९०० ग्राम बराबरको चाँदीका सामान र २१ केजी बराबरको तामाका सामान बरामद गरेको हो । पक्राउ परेका मानिस तथा सामान समेत आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काकडभिट्टामा बुझाईएको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes