पथरी शनिश्चरेमा नगरमा महिला लक्ष्यीत ढाका तालिमको उद्घाटन् - Pahilo Online

पथरी शनिश्चरेमा नगरमा महिला लक्ष्यीत ढाका तालिमको उद्घाटन्

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयको महिला लक्षित कार्यक्रम अन्तर्गत ५ वटा वडाका महिलाका लागि १ महिने निःशुल्क ढाका बुन्ने तालिम आज उद्घाटन् भएको छ ।

कार्यक्रमकी प्रमुख अतिथि नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले कार्यक्रमको उद्घाटन् गर्दै महिलाहरुलाई शीपयुक्त र आत्मनिर्भर बनाउने नगरको योजनामा तल्लिन भएर लाग्न सहभागिलाई अनुरोध गरिन् । बुद्ध महिला उपभोक्ता समूहद्धारा आयोजित कार्यक्रममा, १ नम्वर वडाध्यक्ष बाबुराम एङ्देन, २ नम्वर वडाध्यक्ष यामप्रसाद गुरागाईं, ३ नम्वर वडाध्यक्ष डम्बर चेम्जोङ र कार्यपालिका सदस्य निर्मला गदालले मन्तव्य व्यक्त गर्दै महिला जागरणको शुभकामना व्यक्त गरे ।

वडा नम्वर १, २, ३, ५ र ७ नम्वर वडाका महिलाहरुका लागि आयोजित तालिममा दमन्ता कटुवाल र मेनुका राजवंशीले सहजिकरण गर्ने समूहकी अध्यक्ष सीता राईले जनाइन् । तालिममा नगरपालिकाको २ लाख ५० हजार रुपैयाँ बजेट बिनियोजन भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes