नगरमा सञ्चालित २ योजनाको अनुगमन् - Pahilo Online

नगरमा सञ्चालित २ योजनाको अनुगमन्

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले नगरमा सञ्चालित २ वटा योजनाको सोमबार अनुगमन् गरेको छ । नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईको प्राविधिक सहितको टोलीले वडा नम्वर ३ को मदन भण्डारी कृषि मार्गमा भएको ग्राभेल कार्यको अनुगमन् भएको छ । नगरको ६ लाख र उपभोक्ताको ९० हजार गरी ६ लाख ९० हजारमा ४ सय ८२ मिटर लम्वाई र ५ मिटर चौडाईको सडकमा १५ सेमी मोटाईको ए ग्रेडको ग्राभेल सम्पन्न भएको छ । सो सडकमा ६ वटा एकफुटे र ३ वटा डेढ फुटे ह्यूम पाइप समेत लगाइएको छ ।

यसैगरी, सोही वडाको छिमेकी लाइन सडक ग्राभेल कार्यको पनि अनुगमन् भएको छ । ८ लाखको लागतमा ७ सय ७० मिटर लम्वाई र ४ मिटर ८७ सेन्टिमिटर चौडाईमा १५ सेमी मोटाईको ग्राभेल कार्य सम्पन्न भएको छ । जसमा सम्झौताभन्दा २ सय मिटर बढी लम्वाईको काम गरेको समेत देखिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes