जनकल्याणले गर्यो वार्षिक अतिरिक्त कृयाकलाप - Pahilo Online

जनकल्याणले गर्यो वार्षिक अतिरिक्त कृयाकलाप

writer

पहिलो अनलाइन

रामकुमारी राई
शनिश्चरे । मोरङ्गको पथरी शनिश्चरे ४ स्थित जनकल्याण आधारभुत विद्यालयले विद्यार्थीलाई वार्षिक अतिरिक्त कृयाकलाप अन्तरगत सप्ताहव्यापी कार्यक्रम सुरु गरेको छ । सप्ताहव्यापी कार्यक्रम अन्तरगत विभिन्न खेलकुद कार्यक्रम संचालन गरिएको हो ।

विभिन्न कक्षाका विद्यार्थीहरु विच चकलेट दौड, सियो धागो, चम्चा दौड, साइकल स्लो रेस, कब्बडी, तातो आलु, छेलो, कक फाइट, फुटसल र भलिवल प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीको प्रतिभा प्रष्फुटन गराउने उद्देश्यले आयोजित प्रतियोगिताहरुमा मेमोरी टेष्ट, सक रेस, हिसाब दौडलगायतका खेलहरु खेलाइएको थियो । त्यस्तै अभिभावकहरुबीच म्युजिकल चेयर र हाँडी फोर खेल खेलाइएको विद्यालयका प्र.अ. देउमान लिम्बूले जानकारी दिए ।


अन्तर सदन भलिबल प्रतियोगितामा चार टिमले सहभागिता जनाएका थिए । जसमा भलिबलतर्फ एल्लो हाउस प्रथम, ग्रिन हाउस दोस्रो भएका थिए । फुटसलमा ग्रिन हाउस प्रथम, एल्लो हाउस दोस्रो र रेड हाउस तेस्रो भएका थिए । यस्तै, चकलेट दौडमा प्रयास राई, नेहा कार्की दोस्रो, सिद्धार्थ राई तेस्रो भएका थिए । साइकल रेसमा पुजन ढकाल प्रथम, अभिसेक कार्की दोस्रो र मेघराज तामाङ तेस्रो भएका थिए ।

अभिभावकबीच गरिएको हाँडीफोर प्रतियोगितामा सिता न्यौपाने प्रथम, म्युजिकल चेयरमा मानकुमार गुरुङ प्रथम, कल्पना श्रेष्ठ दोस्रो र सबनम राई तेस्रो भएका थिए ।
प्रतियोगिताका विजयीहरुलाई आगामी वार्षिक नतिजा प्रकाशनका दिन पुरस्कार प्रदान गरिने अतिरिक्त कृयाकलाप संयोजक शिक्षक पिताम्बर घिमिरेले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes