नगरमा फागुन ७ देखि १६ सम्म दादुरा रुबेलाको खोप अभियान - Pahilo Online

नगरमा फागुन ७ देखि १६ सम्म दादुरा रुबेलाको खोप अभियान

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकालाई पूर्णरुपमा दादुरा र रुबेला मुक्त गर्ने अभियान स्वरुप फागुन ७ देखि १६ गतेसम्म खोप लगाउने विशेष अभियान तय भएको छ । नगरको स्वास्थ्य शाखाले आज वडाध्यक्ष, नगर क्षेत्रभित्रका स्वास्थ्य संस्था, शिक्षक प्रतिनिधि र पत्रकार सहितसँगको अभिमुखिकरण कार्यक्रममा सोको जानकारी गराइएको छ ।

३ वर्ष अघि पूर्ण खोप सुनिश्चिताको मापदण्ड पुरा गरेको नगरमा एकैसाथ दादुरा रुबेलाको खोप र पोलियोको समेत औषधि खुवाइने कार्यक्रम तय भएको हो । ८० प्रतिशत हाराहारीमा खोप लगाएको अवस्था रहिरहेको नगरमा जन्मेको ९ महिनादेखि ५ वर्षभित्रका ५ हजार ५ सय ८९ बालबालिकालाई दादुरा रुबेलाको खोप र ६ हजार ६ सय ३० बालबालिकालाई पोलियो थोपा खुवाउने लक्ष्य बनाइएको छ ।

खोप लगाउने र औषधि खुवाउने कार्यक्रममा वडाका पायक पर्ने विद्यालयहरुलाई केन्द्र बनाइएको स्वास्थ्य शाखाका याम खड्काले जनाए । जसका लागि ३८ वटा खोपकेन्द्रमार्फत कार्यक्रम अघि बढाइने भएको वताए ।

कार्यक्रममा, स्वास्थ्यकर्मी खड्काका साथै जनस्वास्थ्य निरीक्षक सुरेन्द्रप्रसाद शाह र स्वास्थ्यकर्मी जगत मगरले खोप अभियान, दादुरा रुबेलाका बारेमा प्रष्ट्याए । उनीहरुले खोप अभियानका लागि समाजमा सन्देश फैलाएर खोप लगाउने काममा अभिप्रेरित गराउने आव्हानका लागि अभिमुखिकरण कार्यक्रम राखिएको जानकारी दिए । दादुरा रुबेलालाई सन् २०१९ भित्र निवारण गर्ने नेपालको लक्ष्य भएपनि सो पुरा हुन नसक्दा सन् २०२३ सम्ममा पुरा गर्ने गरी ४ वर्षको एक अवधि थप भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes