मोरङ जिल्लामै पथरीशनिश्चरे नगर न्याय सम्पादनमा उत्कृष्ठ ठहर - Pahilo Online

मोरङ जिल्लामै पथरीशनिश्चरे नगर न्याय सम्पादनमा उत्कृष्ठ ठहर

writer

पथरी शनिश्चरे । १ नम्वर प्रदेशमै वढी विवाद निरुपण गर्न सफल मोरङको पथरी शनिश्चरे नगरपालिका न्याय सम्पादनमा उत्कृष्ठ भएको जिल्ला अदालतले ठहर गरेको छ ।

जिल्ला अदालतका न्यायाधिस राजेन्द्र अधिकारीको नेतृत्वको निरीक्षण टोलीले आइतबार पथरी शनिश्चरे नगरको न्याय सम्पादनको अवस्था तथा मिसिल प्रक्रियाको अध्ययनपछि सो कुरा उल्लेख भएको हो । न्यायाधिस अधिकारीले भने ‘ नगर उपप्रमुखको सक्रियता देखियो । अधिकांश मुद्धा मामिलाहरु मिलापत्र भएको देखियो । लक्ष्य अनुसारको उल्लेखनीय काम भएको देखिएकाले हामी धेरै खुसी छौं ।’

सो नगरको गाउँपालिका हुँदादेखिको साँघुरो भवनमा छुट्टै इजलास र आवश्यक कर्मचारीको अभावमा समेत व्यवस्थित हिसावले न्याय सम्पादन भएको उनको ठहर छ ।

सो अवसरमा, नगर उपप्रमुख एवम् न्यायिक समिति संयोजक यमुना विष्ट वास्तोलाले भौतिक असुविधा तथा सम्वन्धित क्षेत्रको दक्ष कर्मचारीको अभावमा समेत न्याय सम्पादनमा समिति दत्तचित्त भएर लागेको प्रष्ट्याइन् । साथै उनले वडा वडामा विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकहरुलाई केन्द्रीत गरी कानूनी सचेतना कार्यक्रमको योजना बनाइएको जानकारी गराइन् । सवै वडामा मेलमिलापकर्ताहरुबाट विवाद निरुपणमा महत्वपूर्ण भूमिका निर्वाह भएको पनि उल्लेख गरिन् ।

समितिले गत आर्थिक वर्षमा २ सय ३० विवादहरु निरुपण गरेको थियो । चालु आर्थिक वर्षको माघ मसान्तसम्म १ सय ५८ वटा विवादहरु निरुपण गरेको र १३ वटा विवाद किनारा लगाउने प्रक्रियामा रहेको टोलीलाई जानकारी गराइएको छ । टोलीमा अदातका कर्मचारी इन्द्रकुमार श्रेष्ठ, देवेन्द्र खत्री र गोपाल आचार्य सहभागि थिए । जिल्लामा ७ जना न्यायाधिसहरुको अगुवाईमा १७ वटै पालिकामा न्याय सम्पादनको अवस्थाका बारेमा निरीक्षणको क्रम यसबेला अघि बढाइएको छ ।

३ दिन अघि उच्च अदालत विराटनगरका मुख्य न्यायाधिस तिलप्रसाद श्रेष्ठले पथरी शनिश्चरे, उर्लावारी र बेलबारी नगरपालिका प्रमुख एवम् न्यायिक समिति संयोजकहरु क्रमशः यमुना विष्ट वास्तोला, लक्ष्मी भण्डारी र ढाकाकुमारी पराजुली र विराटनगर उपमहानगरकी उपप्रमुख इन्दिरा कार्कीसँग छलफल गरेका थिए । जिल्लामा बढी विवादहरु निरुपण गरेका ती पालिकाहरुका उपप्रमुखहरुसँग आफ्नो कार्यकक्षमा छलफल राखेर न्याय सम्पादनको अवस्थाका बारेमा जानकारी लिँदै त्यसलाई थप प्रभावकारी बनाउने उपायका बारेमा उनले वताएका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes