मोरङको छुट्टाछुट्टै ३ स्थानमा मोटरसाईकल दुर्घटनाबाट ३ जनाको मृत्यु - Pahilo Online

मोरङको छुट्टाछुट्टै ३ स्थानमा मोटरसाईकल दुर्घटनाबाट ३ जनाको मृत्यु

writer

मोरङ । मोरङ जहदा गाउँपालिका ५ बस्ने ३५ बर्षीय बिरेन्द्र मण्डलको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । आज बिहान सँवा ९ बजे जहदा स्थित भित्रि सडक खण्डमा पश्चिमबाट पुर्वतर्फ जादै गरेको को ३७ प ९७४३ नम्बरको मोटरसाईकल र बिपरित दिशबाट आउदै गरेको को १२ प ६२२ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुदा को ३७ प का चालक बिरेन्द्र मण्डलको गोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा सँवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । दुबै मोटरसाईकल र अर्का चालक सोहि स्थानका अभिषेक मण्डल प्रहरी चौकी मझारेको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ।

त्यसैगरी ग्रामथान ३ रङग टोल बस्ने ५३ बर्षीय हरीलाल माझीको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको छ । आज बिहान पउने ८ बजे ग्रामथान स्थित भित्रि कच्ची बाटोमा को ६ प ७९६९ नम्बरको मोटरसाईकलले पैदल यात्री माझीलाई ठक्कर दिदा गम्भिर घाईते भएकोमा नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा उनको पउने ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

त्यसै गरी रतुवामाई १ कल्याणपुर स्थितभित्री सडकखण्डमा मोटरसाईकल दुर्घटनामा परी रतुवामाई १ सोनापुरका २२ बर्षीय आबिदमिँयाको मृत्यु भएको छ। हिजो राती साढे ९ बजे को२७प४६५० नम्बरको मोटरसाईकल सोही स्थान बाटोमा बिग्रिएर पार्किङ गरी राखेको को२त२८०० नम्बरको ट्रयाक्टरमा ठोकिएर दुर्घटना हुदा मोटरसाईकल चालक आबिदमिँयाको उपचारको क्रममा रंगेली अस्पतालमा राती ११ बजे मृत्युभएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes