दुर्घटनाबाट २ जनाको मृत्यु - Pahilo Online

दुर्घटनाबाट २ जनाको मृत्यु

writer

मोरङ । जिल्ला मोरङ बुढीगंगा गाउँपालिका १ ढाट स्थित राजमार्गमा टिफर र मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुदा मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको छ ।

शनिबार बिहान पउने ८ बजे को १ ख ७३०९ नम्बरको टिफर र प्रदेश २–०१–००१ प १६०८ नम्बरको मोटरसाईकल ठक्कर खाई दुर्घटना हुदा मोटरसाईकलमा सवार रहेका ३ जना मध्ये २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाईकल चालक सप्तरी चन्नी मल्हनिया २ बस्ने २८ बर्षीय हरेराम साह र पछाडी सवार सिरहा सुखीपुर २ बस्ने २४ बर्षीय मोहमद अजिर राईन मुस्लिम  रहेका छन ।

यसै गरी मोटरसाईकल पछाडी सवार रहेका अर्का सप्तरी रुपनी बस्ने १९ बर्षीय धनराज यादब गम्भीर घाईते भएकोमा उनको कोशि अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। टिफर र टिफर चालक मोरङ ग्रामथान ७ बस्ने सशी कुमार थान्दार ईलाका प्रहरी कार्यालय निमुवाको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes