विना अनुमति फोटो खिच्ने दुई ड्रोन क्यामेरा जफत - Pahilo Online

विना अनुमति फोटो खिच्ने दुई ड्रोन क्यामेरा जफत

writer

सोलुखुम्बु । विना अनुमति प्रयोग गरिएका २ वटा ड्रोन क्यामेरा सगरमाथा राष्ट्रिय निकुञ्जले जफत गरेको छ। निकुञ्जले चालु आर्थिक वर्षको हालसम्म नियमविपरीत आफ्नो क्षेत्रमा प्रयोग गरिएका २ वटा ड्रोन क्यामेरा जफत गरेको जनाएको छ। निकुञ्जका प्रमुख भूमिराज उपाध्यायका अनुसार उक्त क्यामेरा जोरसल्ले र डोले क्षेत्रबाट बरामद गरिएको हो। अहिले उक्त ड्रोन क्यामेराहरु विभागमा पठाउने तयारी भइरहेको निकुञ्ज कार्यालयले जनाएको छ।

सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा विना अनुमति क्यामेरा तथा ड्रोन क्यामेरा प्रयोग गर्न पाइँदैन तर कतिपयले प्रयोग गर्ने गरेको प्रमुख उपाध्यायको भनाइ छ। विगतमा निकुञ्ज क्षेत्रमा चोरी सिकारीका लागि थापिएका विभिन्न प्रकारका धराप, पासो लगायतका सामाग्रीहरु बरामद हुने गरिएको भए पनि चालु आर्थिक वर्षको हालसम्म त्यस्ता सामग्री नभेटिएको उनको भनाइ छ। वि.सं २०३२ सालमा स्थापना भएको यस निकुञ्जको कुल क्षेत्रफल १,१४८ वर्ग किमि रहेको छ।

सर्वोच्च शिखर सगरमाथा (८८४८ मि.), ६,००० मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, अमादब्लम, थामसेर्कु जस्ता हिमचुचुराहरू समेत यसै निकुञ्ज क्षेत्रभित्र पर्छन्। यहाँ स्थानीय बासिन्दा र पर्वतारोहीहरूले प्रयोग गर्दै आएका गोक्यो, खुम्बु, छुकुम र नाङ्गपा मुख्य चारवटा उपत्यकाहरू रहेका छन्। यस निकुञ्ज भित्रको गोक्यो र सम्वद्ध तालहरूलाई सन २००७ मा रामसार सूचीमा समावेश गरिएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes