प्रदेश १ मा २५ बोर्डर आउट पोष्ट निर्माण चाँडै ३१ प¥याइने - Pahilo Online

प्रदेश १ मा २५ बोर्डर आउट पोष्ट निर्माण चाँडै ३१ प¥याइने

writer

दमक । प्रदेश १ सरकारले सीमा सुरक्षालाई प्राथमिकता दिएको दावी गरेको छ । यसैक्रममा सीमा सुरक्षाका लागि बोर्डर आउट पोष्ट निर्माणले तीव्रता पाएको छ । प्रदेश १ सरकारले हालसम्म नेपाल–भारत सीमा क्षेत्रमा २५ ओटा बोर्डर आउट पोष्ट निर्माण गरेको प्रदेश सरकारले जनाएको छ। झापाको गौरीगञ्ज गाउँपालिका १ कुञ्जिबारीको सिमा क्षेत्रमा निर्माण गरिएको बोर्डर आउट पोष्ट उद्घाटनका क्रममा प्रदेश १ का आन्तरीक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले सो जानकारी दिएका हुन् ।

उद्घाटन कार्याक्रममा मन्त्री कार्कीले सीमा सुरक्षाका लागि प्रदेश सरकारले हालसम्म २५ वटा बोर्डर आउट पोष्ट निर्माण गरी सकेको र चाडै नै ३१ वटा र्पुयाउने सरकारले योजनाअघि सारेको पनि जानकारी दिए । बिओपी निर्माणले सीमा क्षेत्रमा हुने अवैध कारोवार, अबान्छनीय गतिविधि नियन्त्रण र जनधनको सुरक्षामा सहयोग पुगेको उनको भनाइ थियो । मन्त्री कार्कीले तराईमा ७ देखि १० किलो मिटर फरकमा रहेको बिओपीलाई एक अर्काबीच जोड्ने सडक र प्रहरी परिचालनका लागि आवश्यक यातायतको समेत व्यवस्थापन गर्ने जनाए। प्रदेश १ का सशस्त्र प्रहरी प्रमुख डिआइजी नगेन्द्रबहादुर थापाले गत वर्ष थालेका १२ वटा बिओपी पूरा भएको र मोरङ, झापा र इलामगरी पुन पोष्ट निर्माणका लागि ३ स्थानमा जग्गा प्राप्ति भइसकेको जानकारी दिएका छन् । बिओपी प्रदेश सरकारको १ करोड ७१ लाखमा ५ वटा भवन र मेससहितका संरचना बनाइएको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes