झापामा बुबाको बञ्चरो प्रहारबाट छोरीको मृत्यु - Pahilo Online

झापामा बुबाको बञ्चरो प्रहारबाट छोरीको मृत्यु

writer

भद्रपुर । मादक पदार्थ सेवन गरेका बुबाले बञ्चरो प्रहार गरी आफ्नै छोरीको हत्या गरेको छ । झापाको शिवसताक्षी नगरपालिका ९ दुधे बस्ने ४६ वर्षीय भीमबहादुर ठटालले २६ वर्षीय छोरी रेखाको हत्या गरेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी घर पुगेका बुबा भीमबहादुर र (झडकेलो) छोरी रेखा बिच घरायसी विवाद भएको थियो ।

विवादकै क्रममा बुबा भीमबहादुरले बिहीबार राति साढे ८ बजेको समयमा बञ्चरोको विडले छोरी रेखाको टाउको प्रहार गरेका थिए। बुबाको कुटाइबाट गम्भीर घाइते भएकी उनलाई बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा शुक्रवार बिहान मृत्यु भएको हो । यता, घटनापश्चात् इलाका प्रहरी कार्यालय झिलझिले बुबा भीमबहादुरलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes