४८ हजार बढीले हात्तीपाइले विरुद्धको औषधि सेवन - Pahilo Online

४८ हजार बढीले हात्तीपाइले विरुद्धको औषधि सेवन

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा सञ्चालित अभियानको आज छैटौं दिनमा ४८ हजार बढी नगरवासीले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गरेका छन् ।

हात्तीपाइले रोग विरुद्ध घर घरमा गएर औषधि खुवाउने आम औषधि अभियान अन्तर्गत आज ९ हजार २ सय ९९ जनाले औषधि सेवन गरेको जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाए । छैटौं दिनसम्ममा नगरका १० वडाका ४८ हजार १ सय ८७ जनाले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गरेका छन् । जसमध्ये १० नम्बर वडामा रहेका भूटानी शरणार्थी शिविरका ४ सय ६८ जनाले औषधि सेवन गरेका छन् ।

आज वडा नम्वर १ मा ३ हजार ८ सय ५०, २ मा ६ सय ९९, ३ मा ४ सय ८४, ४ मा ४ सय ९५ र ५ मा ६ सय ४७ जनाले औषधि सेवन गरेका छन् । त्यसैगरी, वडा नम्वर ६ मा ७ सय ७१, ७ मा ५ सय २९, ८ मा ४सय ४०, ९ मा ५ सय ९ र १० मा ४ सय ७ जनाले औषधि सेवन गरेको तथ्यांक रहेको छ । पहिलो दिन ६ हजार १ सय ९०, दोस्रो दिन ९ हजार २ सय ४६ र तेश्रो दिन ८ हजार १ सय १२, चौथो दिन ८ हजार ७ सय २२ र पाचौ दिन ६ हजार ६ सय १८जनाले औषधि सेवन गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes