प्रदेश १ मा छुट्टा छुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु - Pahilo Online

प्रदेश १ मा छुट्टा छुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

writer

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका ५ ठिङगावारीमा ट्याक्टरको चक्काले किचेर १ जनाको मृत्यु भएको छ । आज दिउँसो ३ बजेको समयमा किसानचोकबाट ठिङगावारी तर्फ जाँदै गरेको को ५ त ७८४३ नम्बरको ट्याक्टरमा चढेर जाँदै गरेको अवस्थामा ट्याक्टरमा ब्रेक लगाउँदा उछिट्टिएर सोही ट्याक्टरको चक्काले किच्दा स्थानीय ४२ बर्षीय बुद्धराज लिम्बुको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । घटनास्थलमा उक्त कार्यालयबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया भईरहेको छ भने ट्याक्टर चालक तत्काल फरार रहेकोले खोजतलास भईरहेको छ ।

यसैगरी सुनसरीकै भोक्राहा नरसिंह गाउँपालिका ८ सोनीयाई टोलमा भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । बुधवार दिउँसो ३ बजेको समयमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको स ३ प ७०१२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल चालक स्थानीय ४५ बर्षीय शिवनारायाण यादव र निजकै श्रीमती ४० बर्षीय सबिता देवी यादव घाईते भएका थिए । घाईते दुबै जनालाई उपचारको लागि बिराटनगरको न्यूरो अस्पताल पठाईएकोमा उपचारको क्रममा सबिता देवी यादवको अपरान्ह पौने ५ बजे मृत्यु भएको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes