पथरी शनिश्चरेमा युवाको लागि लोकसेवा कक्षा र कम्प्युटर तालिम, महिलाहरुका लागि ढाकातान तालिम - Pahilo Online

पथरी शनिश्चरेमा युवाको लागि लोकसेवा कक्षा र कम्प्युटर तालिम, महिलाहरुका लागि ढाकातान तालिम

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाका युवाहरुका लागि २ महिने लोकसेवा कक्षा र कम्प्युटर अपरेटर तालिम सुरु भएको छ । पर्फेक्ट मल्टिपल इन्स्टिच्यूट प्रालिको आयोजनामा आज नगर प्रमुख दिलीपकुमार राईबाट तालिमको उद्घाटन् भएको छ । तालिमको उद्घाटन् गर्दै उनले युवाहरु हरेक तबरले प्रतिष्पर्धी हुन शुभकामना व्यक्त गरे ।

प्रति तालिमका लागि २ लाख ९० हजार रुपैयाँको नगरपालिका कार्यालयको बजेट अनुरुप कार्यक्रम अघि बढाइएको इन्स्टिच्यूटका निर्देशक युवराज चौंलागाईंले बताए । दुवै विधामा ५०, ५० जना सहभागि रहेका छन् । कम्प्युटरका लागि रुद्रमणि सिटौला र रजनी तामाङले तथा लोकसेवाका लागि गिरीराज भट्टराई, एकनाथ दाहाल, सरोज सुवेदी र ज्ञानेन्द्र नेपालले सहजिकरण गर्नेछन् ।

०७५ सालमा वडा नम्वर १ को पथरी बजारमा स्थापना भएको इन्स्टिच्यूटले लोकसेवा तयारी कक्षाका साथै कम्प्यूटर, अंग्रेजी भाषा, जापानीज भाषा, कोरियन भाषा, प्राइभेट एसइइ र प्लस टु, आइ.इ.एल.टी.एस, ट्यूशन कक्षा सञ्चालन गर्दै आएको छ । यसले सीटीइभीटीका तालिमहरु समेत सञ्चालन गरेको छ ।

यसैगरी नगरपालिका कार्यालयले नगरका महिलाहरुका लागि ३ महिने निःशुल्क ढाका तान तालिम सुरु गरेको छ । वडा नम्वर ९ मा एक कार्यक्रमकाबीच नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले आज ढाका तान तालिमको उद्घाटन् गर्दै आयमुलक तालिम लिएर महिलाहरु स्वनिर्भर हुनुपर्ने कुरामा जोड दिए । वडास्तरीय प्रगतिशील ढाकातान तालिम समितिको आयोजनामा नगरपालिकाको २ लाख ५० हजार रुपैयाँको बजेटमा कार्यक्रम थालिएको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes