संखुवासभामा टिपर दुर्घटनाका गम्भीर घाइतेको हेलिकोप्टरमार्फत उद्धार - Pahilo Online

संखुवासभामा टिपर दुर्घटनाका गम्भीर घाइतेको हेलिकोप्टरमार्फत उद्धार

writer

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका ३ मा टिपर दुर्घटनामा गम्भीर घाइते भएका लाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उदयपुरको रौता ५ का रामबहादुर सार्कीको हेलिकोप्टरमार्फत उद्धार गरिएको इलाका प्रहरी चौकी हेदाङनाले जनाएको छ ।

किमाथांका जोगवनी सडकखण्डमा प्रदेश १–०२–००१ क ३६६७ नम्बरको टिपर सडकभन्दा ६० फिट तल खसेर चालक सार्की गम्भीर घाइते भएका हुन्। घाइते सार्कीलाई उपचारका लागि सुनसरीको धरानस्थित बिपी कोइराला स्थास्थ्य विज्ञान प्रतिष्ठान लगिएको इलाका प्रहरी चौकी हेदाङनाका प्रहरी नायब निरीक्षक महितकुमार यादवले जानकारी दिए ।

बिहीबार बिहान ८ बजे किमाथांका–जोगवनी सडकखण्डको स्तरउन्तिको काम गरेको स्वामी नारायण आर्शीवाद कम्पनीको टिपर दुर्घटना भएको थियो। घाइते चालकको टाउको, ढाड र खुट्टामा चोटलागेका छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes