आज १२ सय बढी बाख्रामा पीपीआर खोप - Pahilo Online

आज १२ सय बढी बाख्रामा पीपीआर खोप

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रका पशुपालन व्यवसायको प्रवद्र्धनका लागि थालिएको पीपीआर खोप अभियानमा बिहिबार १ हजार २ सय ६० वटा बाख्रामा खोप लगाइएको छ ।

जस अन्तर्गत, वडा नम्वर २ मा ५ सय १०, ३ मा ६ सय र १० मा १ सय ५० बाख्रामा आज खोप लगाइएको नगरको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले जनाए । नगरको पशुपंक्षी शाखाको आयोजनामा नेपाल पारा भेटेरीनगरी एशोसियशन् नगर समिति र मदन भण्डारी स्मृति प्रतिष्ठानमा अध्ययनरत प्राविधिकहरुको समेत सहभागितामा संघीय सरकारको कार्यक्रम अन्तर्गत खोप लगाइएको हो ।

हिजो वडा नम्वर १ मा ४ सय ५०, २ मा ७ सय, ३ मा ९ सय, ४ मा ७ सय, ५ मा १ हजार, ६ मा ५ सय ५०, ७ मा ६ सय ५०, ८ मा १ हजार २ सय, ९ मा १ हजार ३ सय र १० मा १ हजार २ सय ९० वाख्रामा खोप लगाइएको हो । अव वडा नम्वर ५ का केही बाख्रामा खोप लगाउन बाँकी रहेकाले संघीय सरकारसँग थप खोप माग गरिएको शाखा प्रमुख दहालले उल्लेख गर्नुभयो । ‘आफु पनि बचौं, पशुपंक्षीलाई पनि बचाउन खोप लगाउँ’ भन्ने नाराका साथ मदन प्रतिष्ठानका १२ सहित नगरका गरी ५० जनाको संख्याले सवै वडामा एकसाथ खोप लगाएको थियो ।

बाख्राकोपछि गाई, भैंसी लगायतका पशुहरुमा लाग्ने विभिन्न रोग विरुद्धको खोप समेत सञ्चालन गर्ने शाखाले योजना बनाएको छ । नगरको आर्थिक विकास समितिको निर्णय अनुसार वडा कार्यालयसँग समन्वय गरी फागुन ११ गते खोरेत, चैत २ गते स्वाइन फिवर र चैत ३० गते भ्यागुते र चर्चरे रोग विरुद्धको खोप सञ्चालन गरिने छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes