स्थानीयवासीको अवरोध तथा व्यावसायिक असुरक्षा बढेकोले सप्तकोशीको जेट बोट बन्द - Pahilo Online

स्थानीयवासीको अवरोध तथा व्यावसायिक असुरक्षा बढेकोले सप्तकोशीको जेट बोट बन्द

writer

सुनसरी । सुनसरीको चतरास्थित सप्तकोशीमा निजी कम्पनीले चलाउँदै आएका जेट बोट स्थानीयवासीको अवरोध तथा व्यावसायिक असुरक्षा बढेको भन्दै अनिश्चितकालका लागि बन्द भएका छन् । सञ्चालकले बुधबारदेखि नै सेवा बन्द गरेको सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्सपोर्टेशन प्रालिका सञ्चालक राजेन्द्र कार्कीले जानकारी दिए ।

वरुण वाटरवेज, बराहक्षेत्र मरिन एण्ड रिसोर्ट र बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिले साना–ठूला गरेर सात जेट बोटबाट कोशी पुलदेखि बराहक्षेत्र हुँदै भोजपुर, धनकुटाको त्रिवेणीघाट र सिम्लेसम्म सेवा दिँदै आएका थिए ।

स्थानीयवासीले जथाभावी चन्दा उठाउने, कमिशन माग्ने तर सरकारले रोक्न कुनै कदम नचालेको व्यवसायीको गुनासो छ । “नदीमा पानीजहाज सञ्चालनका लागि प्रधानमन्त्रीले प्रतिबद्धता जनाएअनुसार करोडौँ खर्च गरेर सेवा विस्तार ग¥यौँ, तर हाम्रो व्यावसायिक सुरक्षा भएन । त्यही भएर बन्द गर्न बाध्य भयौँ”, कार्कीले भने ।

बोट सेवा बन्द भएपछि भोजपुर, खोटाङ, धनकुटाबाट तराई आउजाउ गर्ने दैनिक ७०० यात्रुलाई समस्या भएको छ ।चतराबाट बराह क्षेत्र मन्दिर १० मिनेटमा यात्रा गर्दै आएका यात्रु समस्यामा परेका छन् । कूल १८ देखि ६० जनासम्म अट्ने बोट सप्तकोशीमा सञ्चालन हँुदै आएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes