पथरी उद्योग वाणिज्य संघको १७ औँ साधारणसभा फागुन ५ गते - Pahilo Online

पथरी उद्योग वाणिज्य संघको १७ औँ साधारणसभा फागुन ५ गते

 सोहि अवसरमा भवन शिलान्यासको तयारी

writer


पथरीशनिश्चरे । पथरी उद्योग वाणिज्य संघको १७ औँ साधारणसभा भा फागुन ५ गते हुने भएको छ । सोहि अवसरमा कार्यालय भवनको शिलान्यासको पनि तयारी गरेको छ । उवासं पथरीले गत वर्ष खरिद गरेको आफ्नो नामको ३ कठ्ठा जमिनमा कार्यालय भवन निर्माणको शिलान्यास गर्ने भएको हो ।

एक पछि अर्को सफलता प्राप्तीको लयमा रहेको पथरी उद्योग वाणिज्य संघले पथरीमा कर कार्यालय स्थापनाका लागि पहल गरि कर कार्यालय ल्याउने टुङ्गो सहित प्रक्रियामा रहेकै बेला भवन शिलान्यासलाई समेत अगाडि बढाएको हो । गत वर्ष जग्गा खरिद गरेर एक कदम अगि देखिएको उद्योग वाणिज्य संघ पथरीले फागुन ५ गतेका लागि तयारी गरेको १७ औँ साधारणसभाकै अवसर पारेर भवन शिलान्यास गर्ने भएको हो ।

अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माणको योजना रहेको बताउदै संघका अध्यक्ष दिपक बस्नेतले सो भवनमा कार्यालय प्रयोजनका लागि कोठाहरुको अलावा सुविधा सम्पन्न अतिथि सदन र हलको व्यवस्था हुने बताए । यसका साथै यथेष्ट पार्किङ सुविधा सहितको भवन निर्माण हुने बस्नेतको भनाई छ । गत बर्ष ५३ लाख रुपैयाँमा खरिद गरिएको जग्गामा ४ करोड ५० लाख रुपैयाँ बराबरको लागतमा भवन निर्माण गर्ने लक्ष्य उद्योग वाणिज्य संघ पथरीको रहेको छ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ सांसद एवम् संघीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा सम्पन्न हुने १७ औँ साधारणसभाको अवसर पारेर भवन शिलान्यासका साथै तीन दशक लामो संघको जीवनदर्पण सङ्गृत स्मारिका लोकार्पणको तयारी गरिएको संघका अध्यक्ष बस्नेतले जनाए । संघको १७ औँ साधारण सभा नगरको २ नम्बर वडामा रहेको सिन भिलेज पार्टी प्यालेसमा हुदैछ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes