राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको उपाधि पञ्चायत माविलाई - Pahilo Online

राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको उपाधि पञ्चायत माविलाई

writer

पथरीशनिश्चरे । पथरी शनिश्चरे नगरपालिका कार्यालयले दोस्रो पटक सञ्चालन गरेको स्थानीय तह स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगितामा पञ्चायत माविले उपाधि हात पारेको छ ।

१ नम्वर वडाको पञ्चायत माविको खेलमैदानमा आज सम्पन्न प्रतियोगितामा पञ्चायतले ८ स्वर्ण र ८ रजत पदक सहित रनिङशिल्डको उपाधि प्राप्त गरेको छ । प्रतियोगितामा ९ नम्वर वडाको सिंहवाहिनी माविले ७ स्वर्ण र ३ रजत प्राप्त गरी दोस्रो र ३ नम्वरको जनता मावि ३ स्वर्ण र ७ रजत सहित तेस्रो भएको छ । सिंहवाहिनीले गत वर्ष उपाधि जितेको थियो । तर ३ हजार मिटरको छात्र दौडको निर्णयका विषयमा केही अस्पष्टता भइ छलफल भएको थियो । तर छलफलमा सहमति कामय भइसकेर बाहिर आएपछि एक्कासी निर्णय अमान्य भन्दै सिंहवाहिनीले कुनै पनि पुरस्कार ग्रहण नगरेको आयोजकले जनाएको छ ।

पञ्चायतकातर्फबाट ३ हजार मिटर छात्र दौडमा साइन राई, १ सय मिटर छात्र दौडमा राजु श्रेष्ठ, ८ सय मिटर छात्र दौडमा चित्रबहादुर मगर, छात्रा सटपुटमा पायल राईबाट तथा १ सय मिटर छात्र रिले दौड, छात्र भलिबल, छात्र कबड्डी सहितमा स्वर्ण पदक प्राप्त भएको छ । सिंहवाहिनीकातर्फबाट ३ हजार मिटर छात्रा दौडमा दिलकुमारी खत्री, छात्रा लङजम्प र १५ सय मिटर छात्रा दौडमा पविना मगर, ८ सय मिटर छात्रा दौडमा देवी पराजुलीबाट तथा ४ सय मिटर छात्र र छात्रा रिले दौड सहितमा स्वर्ण स्थान हाँसिल भएको छ ।

माघ २७ देखि सुरु भइ ३ दिनसम्म सञ्चालित प्रतियोगिताको समापनका अवसरमा प्रमुख अतिथि १ नम्वर वडाध्यक्ष बाबुराम एङ्देनले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै आगामी वर्षहरुमा अझ व्यवस्थित रुपले प्रतियोगिता सञ्चालन गर्दै जान शुभकामना व्यक्त गरेका छन् । सो अवसरमा प्रतियोगिता सञ्चालनमा विशेष सहयोग पुर्याउने विद्यालय तथा शिक्षकहरुलाई प्रसंशापत्र समेत प्रदान गरिएको छ । नगरका सामुदायिक तथा संस्थागत गरी १६ विद्यालयको सहभागिता रहेको

शिक्षकहरुको भेलाले प्रतियोगिताको व्यवस्थापन तथा निर्देशनका लागि नगर प्रमुख दिलीपकुमार राईको संयोजकत्वमा समिति गठन गरेको थियो । साथै भेलाले प्रतियोगिता सञ्चालनका लागि खेलकुद सञ्चालन उपसमिति र विवाद समाधान उपसमिति समेत गठन गरेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes