लेटाङको गुवाबारीमा आगलागी हुदाँ २५ लाख बराबरको क्षति - Pahilo Online

लेटाङको गुवाबारीमा आगलागी हुदाँ २५ लाख बराबरको क्षति

writer

लेटाङ । घरमा जडान भएको विद्युत सर्ट भई आगलागी हुँदा मोरङ्को लेटाङ ६ गुवाबारी (देउजे)स्थित जीवन तामाङको दुई तले काठको घर जलेर पूर्णरूपमा नस्ट भएको छ ।विहान ११ बजेको समयमा टिभि कोठामा विजुली सर्ट भै आगलागि भएको हो । आगो सुन्दरहरैचा नगरपालिका र इटहरी उपमहानगरपालिका बाट गएका दुई वटा दमकल, नेपाल प्रहरी , पुर्वी पृतना। तालिम केन्द्र लेटाङ्ग का नेपाली सेना तथा स्थानियको सहयोगमा करिव एक घण्टा पछि नियन्त्रणमा लिइएको थियो ।

आगलागिवाट करिव २५ लाख बरावरको क्षति भएको लेटाङ नगरपालिका वडा नं ६ का वडा अध्यक्ष जंगविर तामाङले जानकारी दिए । तामाङ्को घर पूर्ण रुपमा जलेर नष्ट भएकाले हाल पिडित परिवारलाई छिमेकीको घरमा राखिने लेटाङ नगरप्रमुख शंकर राईले जानकारी दिए । उनले पहिलो चरणमा खाद्यन्न र लत्ताकपडा नगरपालिकाले उपलव्ध गराउने नगर प्रमुख राईले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes