पाँचौं दिनमा सम्ममा पथरी शनिश्चरेमा ३९ हजारले औषधि सेवन - Pahilo Online

पाँचौं दिनमा सम्ममा पथरी शनिश्चरेमा ३९ हजारले औषधि सेवन

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा सञ्चालित अभियान अन्तर्गत आज पाँचौं दिनमा ३९ हजार हाराहारी नगरवासीले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गरेका छन् ।

हात्ती पाइले रोग विरुद्ध घर घरमा गएर औषधि खुवाउने आम औषधि अभियान अभियान अन्तर्गत पाचौं दिनसम्ममा नगरमा ४ दिनमा नगरका १० वडाका ३८ हजार ८ सय ८८ जनाले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गरेका छन् । आज भूटानी शरणार्थी सहित ६ हजार ६ सय १८ जनाले औषधि सेवन गरेको जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाए ।

आज वडा नम्वर १ मा १ हजार १ सय १२, २ मा ७ सय ६०, ३ मा ५ सय ४०, ४ मा ५ सय ७४ र ५ मा ६ सय २४ जनाले औषधि सेवन गरेका छन् । त्यसैगरी, वडा नम्वर ६ मा ७ सय ७१, ७ मा ४ सय ४५, ८ मा ६ सय ११, ९ मा ५ सय ९० र १० मा ५ सय ९१ जनाले औषधि सेवन गरेको तथ्यांक रहेको छ ।

पहिलो दिन ६ हजार १ सय ९०, दोस्रो दिन ९ हजार २ सय ४६ र तेश्रो दिन ८ हजार १ सय १२ जनाले र चौथो दिन ८ हजार ७ सय २२ जनाले औषधि सेवन गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes