नवनियुक्त महानिरीक्षक ज्ञवालीलाई गृहसचिव बाट दर्ज्यानि चिन्ह - Pahilo Online

नवनियुक्त महानिरीक्षक ज्ञवालीलाई गृहसचिव बाट दर्ज्यानि चिन्ह

writer

काठमाडौँ । नेपाल प्रहरीका नवनियुक्त २७ औं महानिरीक्षक ठाकुर ज्ञवालीलाई गृहसचिव महेश्वर न्यौपानेले आईजीपीको दर्ज्यानि चिन्ह लगाइदिएका छन् । बुधबार बिहान गृहमन्त्रालयमा आयोजित एक कार्यक्रमबीचआईजीपी ज्ञवालीले दज्र्यानी चिन्ह ग्रहण गरेका हुन् । मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले महानिरीक्षकमा ठाकुर ज्ञवालीलाई बढुवा गरेको थियो।

प्रदेश १ प्रहरी प्रमुख रहेका नायव महानिरीक्षक (डीआईजी) ज्ञवालीलाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आईजीपी बनाएको हो । हालका आईजीपी सर्वेन्द्र खनालले मंगलबारबाटै ३० वर्षे सेवा अवधिका कारण अवकाश पाएपछि उनको स्थानमा ज्ञवालीलाई बढुवा गरिएको हो।

समारोहमा गृहसचिव न्यौपानेले नागरिकको शान्ति सुरक्षा र अमनचयनमा सक्रिय हुन प्रहरी नेतृत्वलाई आग्रह गरे। प्रहरी संगठनको सक्रियताको कमिले आपराधिक क्रियाकलाप मौलाउन सक्नेतर्फ संकेत गर्दै उनले त्यसको समीक्षा गरेर अघि बढ्न निर्देशन दिए। उनले नेतृत्व परिवर्तन भए पनि कार्यसम्पादन सम्झौता उही रहेको उल्लेख गर्दै शान्ति सुरक्षामा कुनै सम्झौता नगर्न निर्देशन दिए।

प्रहरीको भेषमा कुनै अवाञ्छित गतिविधि गर्दिनँः नवनियुक्त महानिरीक्षक ज्ञवाली

नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले वर्तमान समयमा अपराध नियन्त्रण र प्रहरी समायोजन चुनौती रहेको भन्दै सामना गर्न प्रहरी संगठन तयार रहेको बताएका छन् । मुलुक संघीयतामा गए पनि कानुनतः सबै प्रक्रिया संघीयतामा गइनसकेको उनको भनाइ थियो ।

दर्ज्यानी चिह्न ग्रहण गरेपछि महानिरीक्षक ज्ञवालीले संविधान कार्यान्वयन, नागरिकको अधिकार संरक्षण गर्न महानिरीक्षकको हैसियतमा आफू कटिबद्ध रहेको उल्लेख गरे । उनले प्रहरीगृहमन्त्रालयको मार्ग निर्देशनलाई अक्षरशः कार्यान्वयन गर्दै जाने प्रतिबद्धता जनाए ।

उनले अवाञ्छित र विध्वंसात्मक गतिविधि निस्तेज गरी कानूनको पालनामा आफूले कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाए । उनले समृद्धि, समुन्नत र सुशासनको क्षितिजमा उदाउँदै गरेको मुलुकको छेकवारलाई परास्त गर्ने विश्वससमेत दिलाए ।

आजको जनउत्तरदायी युगमा प्रहरीले नागरिकको मन जितेर काम गर्नुपर्ने आवश्यकतामा जोड दिँदै ज्ञवालीले प्रहरीको भेषमा कुनै अवाञ्छित गतिविधि नगर्ने प्रतिबद्धता व्यक्त गरे । प्रहरी कर्मचारीको मनोबल उच्च राख्नमा नै आफ्नो ध्यान जाने उनको भनाइ थियो । (स्रोतः कान्तिपुर)

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes