पथरी शनिश्चरेमा कर कार्यालय रहने - Pahilo Online

पथरी शनिश्चरेमा कर कार्यालय रहने

writer

Santosh Khaling Rai

पथरी शनिश्चरे । उत्तरपूर्वी मोरङका सेवाग्राहीका लागि पथरीशनिश्चरेमा आन्तरिक राजस्व सम्वन्धी करदाता सेवा कार्यालय स्थापना हुने भएको छ ।

अर्थ मन्त्रालयले फागुन महिनाभित्रमा कार्यालयको व्यवस्थापन गरेर काम सुचालु गर्न निर्देशन गरे बमोजिम कार्यालयका लागि ठाउँ हेर्ने काम अघि बढेको छ । घरभाडा सम्वन्धी बोलपत्र आव्हान गरी कार्यालय भवनको टुंगो लगाइने भएको छ । आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख विमल सापकोटा सहितको टोलीले नगर प्रमुख दिलीपकुमार राईसँग भेटी कार्यालय खडा गर्ने बारे जानकारी गराएको छ । नगरपालिका कार्यालय, पथरी उद्योग वाणिज्य संघको समेत पहलमा आएको कार्यालय पथरी बजारमा रहने छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes