चौथो दिन सम्ममा ३२ हजार बढीले औषधि सेवन - Pahilo Online

चौथो दिन सम्ममा ३२ हजार बढीले औषधि सेवन

writer

 

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रम अन्तर्गत ४ दिनमा ३२ हजार बढीले औषधि सेवन गरेका छन् ।

मंलबार चौथो दिन वडा नम्वर १ मा १ हजार ३ सय १७, २ मा १ हजार १ सय ८, ३ मा ५ सय ४७, ४ मा ६ सय १८, ५ मा ६ सय ३८, ६ मा १ हजार १ सय २५ जनाले औषधि सेवन गरेका छन् । त्यसैगरी, वडा नम्वर ७ मा ६ सय ३१, ८ मा १ हजार १५, ९ मा १ हजार ७६ र १० मा ६ सय ४७ जनाले औषधि सेवन गरेको स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाए । चौथोदिनसम्ममा ३२ हजार २ सय ७० जनाले औषधि सेवन गरेको उनले तथ्यांक प्रस्तुत गरे।

पहिलो दिन ६ हजार १ सय ९०, दोस्रो दिन ९ हजार २ सय ४६ र तेश्रो दिन ८ हजार १ सय १२ जनाले हात्ती पाइले विरुद्धको औषधि सेवन गरेका हुन् । हात्तीपाइले विरुद्धको आम औषधि सेवन कार्यक्रमको प्रभावकारिताको अनुगमन्मा आएको संघीय सरकारको टोलीले अघिल्लो वर्षदेखि नै पथरीशनिश्चरे उत्कृष्ठ रहेको ठहर गरेको छ । सरुवा रोग नियन्त्रण महाशाखा किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. प्रकाश शाह र भेक्टर कन्ट्रोल निरीक्षक उत्तराज प्याकुरेलले आज अनुममन्का क्रममा उल्लेख गर्नुभयो । उहाँहरुले जनप्रतिनिधिबाट कार्यक्रमको अपनत्व ग्रहण र कर्मचारीको उत्साहजनक लगाव रहेकाले अभियान प्रभावकारी वनेको वताए ।

औषधि खुवाउने अभियानमा नगरवासीहरुले समेत उत्साहजनक सहभागिता जनाइरहेका छन् । जसका कारण औषधि खान मिल्ने ५० हजार हाराहारीको लक्षित जनसंख्याको आधाभन्दा बढीले ४ दिनमा औषधि सेवन गरिसकेको पाइएको छ । चौथो दिन आज (मंगलबार) विहान वडा नम्वर १ मा रहेको पथरी बहुमुखी क्याम्पसमा नगर प्रमुख दिलीपकुमार राईको उपस्थितीमा औषधि खुवाउने कार्यक्रम सञ्चालन भएको थियो ।

नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाका ५० जना स्वास्थ्यकर्मी र ३० जना महिला स्वास्थ्य स्वयमसेविकामार्फत एक सातासम्म घर घरमा गएर औषधि खुवाउने कार्यक्रम माघ २५ देखि अघि बढेको छ । भोली (बुधबार) वडा नम्वर १० मा रहेका भूटानी शरणार्थीको शिविरमा पनि औषधि खुवाउने कार्यक्रम रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes