प्रदेशसभाको वैठकबाट वातावरण विधेयक विचार गरियोस् प्रस्ताव पारित - Pahilo Online

प्रदेशसभाको वैठकबाट वातावरण विधेयक विचार गरियोस् प्रस्ताव पारित

writer

विराटनगर । प्रदेश नं १ प्रदेशसभाको मंगलबारको बैठकले ‘प्रदेशको वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले पेश गरेको सो प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

मन्त्री कुसियतले जलवायु परिवर्तनले पर्यावरणमा पर्ने असरलाई न्यूनीकरण गर्न र दिगो विकासको आधार खडा गर्न विधेयकले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे । उनले वातावरण प्रदूषणले मानव जीवनमा पर्ने प्रतिकूल असरलाई कम गर्न तथा प्रदेशभरिमा उत्पन्न हुने फोहर र प्रदूषणलाई पनि व्यवस्थापन गर्न यो विधेयकले सहयोग र्पुयाउने बताए ।

‘प्रदेशको वातावरण संरक्षण सम्बन्धमा व्यवस्थ गर्न बनेको विधेयक’ माथि भएको सैद्धान्तिक छलफलमा सदस्य उमिता विकले नागरिकले स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारलाई विधेकयले संरक्षण गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे । अर्का सदस्य केदार कार्कीले विकास निर्माण गर्दा वातावरण अध्ययन प्रतिवेदन तयार हुनुपर्ने बताउँदै विधेयकसँगै कार्य्विधि आउनुपर्नेमा जोड दिए ।

सदस्य प्रतापप्रकाश हाङ्गामले पहाडमा गोलियाको नाममा तीव्र रुख कटान भइरहेको जानकारी दिँदै मानव स्वास्थ्यदेखि जीवजन्तुसमेतको संरक्षणमा यो विधेयकले मद्दत गर्न सकोस् भने । राजकुमार ओझाले जल, वायु, जीव तथा वनस्पतिलाई संरक्षण गर्न विधेयकलाई अझ राम्रो र सुदृढ बनाउन विषयगत समितिमा गहन छलफल हुनुपर्ने माग गरे ।

बलबहादुर साम्सोहाङले वातावरण सिङ्गो पृथ्वीसँग जोडिएकाले यो विधेकयमा गहन छलफल हुनुपर्ने धारणा राखे । प्रदेशसभाको बैठक प्रारम्भ भएपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सदस्यले उभेर विरोध जनाएपछि केही समय सदन अवरोध हुन पुगेको थियो । उपसभामुख सरस्वती पोखरेलले पटकपटक सदस्यहरुलाई बस्न आग्रह गरेपछि सदस्यले आफ्ना स्थानमा बसेपछि काँग्रेसका शेखरचन्द्र थापालाई बोल्न समय दिए ।

सदस्य थापाले संवैधानिक अङ्ग अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्वतन्त्र र तठस्त हुनुपर्ने कुरामा जोड दिए । उनले प्रदेशसभाको दुई दिनको बैठकमा प्रमुख प्रतिपक्ष काँग्रेसले आयोगको कामकारवाहीप्रति असन्तुष्ट व्यक्त गर्दै संसद् बैठक अवरोध गरेको र अब हाम्रो आन्दोलनको स्वरुप परिवर्तन भएकाले संसद् सञ्चालन हुने घोषणा गरे ।

सदस्य थापाले बोलिसके पछि संसद् १० मिनटका लागि स्थगन भएको थियो । प्रदेशसभाको अर्को बैठक बुधबार दिउँसो १ बजे बस्नेछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes