सुन्तला बिक्रीबाट भोजपुरमा ३० करोड आम्दानी - Pahilo Online

सुन्तला बिक्रीबाट भोजपुरमा ३० करोड आम्दानी

writer

भोजपुर । यस वर्ष सुन्तला बिक्रीबाट भोजपुरका किसानले ३० करोड रुपैयाँभन्दा बढी रकम भित्र्याएका छन्। उत्पादित चार हजार ७०६ मेट्रिक टन सुन्तला बिक्रीबाट सो बराबरको आम्दानी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। गत वर्षको तुलनामा यस वर्ष १० प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको बताइएको छ। जिल्लामा उत्पादन भएको सुन्तला धनकुटा, सुनसरी, झापा, मोरङ, धरान, इटहरी, विराटनगर, काठमाडौँलगायतका शहरमा जाने गरेको छ।

करिब दुई करोड रुपैयाँ मूल्य बराबर आन्तरिकरुपमा खपत हुने र बाँकी अन्य जिल्लामा जाने गरेको केन्द्रका निमित्त कार्यालय प्रमुख योगन्द्रप्रसाद यादवले जानकारी दिए। कार्यालयको तथ्याङ्कअनुसार गत वर्ष २८ करोड २९ लाख ४४ हजार रुपैयाँ बराबरको सुन्तला बिक्री भएको थियो। जिल्लामा ७८८ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादनका लागि योग्य जमिन भए पनि हाल ५८७ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भइरहेको छ। जिल्लाभर २८७ ठूला बगैँचा तथा सामान्यरुपमा पनि सो खेती हुने गरेको केन्द्रले जनाएको छ। अन्य बालीको तुलनामा सुन्तला खेतीबाट बढी आम्दानी र किन्नका लागि ठेकेदार बगैँचामै आउने भएका कारण कृषक सुन्तला खेतीमा आकर्षित हुने गरेको छन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes