बस पल्टीदा १८ जना घाइते - Pahilo Online

बस पल्टीदा १८ जना घाइते

writer

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिका स्थीत पथरीमा यात्रुबाहक बस अनियन्त्रीत भई पल्टीदा बसमा सवार १८ जना घाइते भएका छन् । लेटाङ नगरपालिका–९, जाँतेबाट पथरीबजार आउँने क्रममा को १ ख ७९५३ नम्बरको सम्झना ट्राभल्सको यात्रु बोकेको बस सोमबार दिउँसो पल्टीदा सो बराबरको यात्रु घाइते भएको हो । बसमा ३५ जना यात्रु सवार थियो । अन्य भने सकुसल छन् ।

तिव्र गतिमा रहेको बसको स्टेरिङ फेल भएकाले अनियन्त्रीत भई दुर्घटना भएको हुन सक्ने प्रहरीले बताएका छन् । दुर्घटनमा घाइते भएका सबैको अवस्था सामान्य रहेको र उनीहरुको पथरीको विभिन्न अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी दीलिपकुमार गिरीले जनाए । बसका चालक लेटाङ नगरपालिका–९ घर भएका २९ वर्षिय रामकुमार मगरलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes