एभरेस्ट स्कुलले ३४ औं बार्षिक उत्सव मनायो, सांस्कृतिक भेषभूषा प्रदर्शन - Pahilo Online

एभरेस्ट स्कुलले ३४ औं बार्षिक उत्सव मनायो, सांस्कृतिक भेषभूषा प्रदर्शन

writer

पथरीशनिश्चरे । मोरङ पथरीशनिश्चरे १, स्थित एभरेष्ट आवासीय माविले सोमबार ३४ औं बार्षिक उत्सव मनाएको छ। उत्सवमा सांस्कृतिक मनोरञ्जन, पुरस्कार वितरण तथा पूर्ब विध्यार्थीलाई सम्मान गरेर गरेकोे छ । एभरेस्ट स्कुल नगरकै जेठो र प्रदेश १ मा एसईई तथा ११, १२ कक्षामा उत्कृष्ट नतिजा ल्याउदै आएको विद्यालय हो ।

स्कुलले बार्षिक उत्सवको अवसरमा विधार्थीहरुद्वारा ¥याम्प मार्फत विभिन्न जातीय भेषभूषा र संस्कृति प्रस्त्तुत गरेका थिए । कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा अभिभावक डा. उमेश गुरागाईले पथरी आएर स्कुल छ्नौट गर्ने क्रममा एभरेष्ट उत्कृष्ट भएको जानकारी पाएर नानीलाई भर्ना गरेको बताए ।


कार्यक्रमको प्रमुख अतिथी नेपाल जेसीजको अध्यक्ष अशोक शंकरले छोराछोरीका लागि शिक्षामा लगानी गरे भविश्य सुरक्षित हुने बताए । एभरेष्टको अभिभावकसमेत रहेका शंकरले शिक्षकहरुलाई अन्तराष्ट्रिय तहको तालिम दिए अझ राम्रो हुने बताएका छन ।

विद्यालयको निर्देशक रविन कन्दङवा सबै विद्यार्थी संग क्षमता हुने भएकोले अभिभावकले चिन्नु पर्ने बताए । कन्दङ्वाले मानिसको दुःखमा मात्र होस खुल्ने भएकोले त्यो महसुस गराउनु पर्ने बताए ।

आफ्नो भूपु विधार्थी पथरी जेसीजको पूर्व अध्यक्ष व्यबसायी टिकाविक्रम चौहानलाई सम्मान गरिएको कार्यक्रम अभिभावक संघका अध्यक्ष पर्सु मिश्रको सभापतित्वमा शिक्षक वेधनिधी खनालले सन्चालन गरेका थिए । कार्यक्रममा हरेक कक्षाको प्रथम, दोश्रो, तेश्रो विधार्थीलाई मेडल, प्रमाणपत्र सहित पुरस्कार र विधार्थीहरुद्वारा लाइभ वाध्यवादनमा गीत तथा नृत्य प्रस्तुत गरेर मनोरञ्जन दिएका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes