छुट्टाछुट्टै स्थानमा आगलागी ३४ लाख बढीको क्षति - Pahilo Online

छुट्टाछुट्टै स्थानमा आगलागी ३४ लाख बढीको क्षति

writer

ईलाम । १ नं. प्रदेश अन्तर्गत आईतवार छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा अन्दाजी ३४ लाख भन्दा बढीको क्षति भएको छ । ईलामको सूर्योदय नगरपालिका २ मा बस्ने शसी क्षेत्रीको घरमा आईतवार बेलुका आगलागी हुँदा अन्दाजी २७ लाख ८ हजार मुल्य बराबरको क्षति भएको छ । बेलुका ७ः५० बजेको समयमा क्षेत्रीको टिनको छानो भएको २ तले घरमा अचानक आगलागी भएको थियो । आगलागीबाट क्षेत्रीको घरमा रहेको सुन, नगद, ईलेक्ट्रोनिक्स सामान, फर्निचरका सामान काठपात, अन्नपात, लत्ताकपडा पुर्णरुपमा जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको हो । आगलागी भएको खबर पाउनासाथ तत्काल इलाका प्रहरी कार्यालय पशुपतीनगरबाट खटिएको प्रहरी टोली, दमकल र स्थानीयवासीको सहयोगमा उक्त आगलागी नियन्त्रणमा आएको उक्त कार्यालयले जनाएको छ ।

त्यसैगरी संखुवासभाको पाचँखपननगरपालिका ७ बाहुन गाउँ बस्ने पदमनाथ कुईकेल को घरमा बिद्युत सर्ट भई आगलागी हुँदा अन्दाजी ७ लाख मुल्य बराबरको क्षति भएको हो ।आगलागीबाट कुईकेलको टिनको बेरा भएको ३ तले घर, घर भित्र रहेको नगद, चाँदी, लत्ताकपडा, अन्नपात लगायत घर भित्र रहेका सम्पूर्ण सामान र कुईकेलको भतिजा कमल कुईकेलको ग्वाली घरमा समेत आगलागी हुँदा उक्त मुल्य बराबरको क्षति भएको हो । आगलागी भएको खबर इलाका प्रहरी कार्यालय वानामा प्राप्त हुनासाथ तत्काल खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा पुर्णरुपमा नियन्त्रणमा आएको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes