पथरी शनिश्चरेमा १५ हजार बढिले हात्ती पाइलेको औषधि सेवन - Pahilo Online

पथरी शनिश्चरेमा १५ हजार बढिले हात्ती पाइलेको औषधि सेवन

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले पनि शनिबार देखि नगरमा घर घरमा गएर हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सञ्चालन गरेको छ । जसमा पहिलो दिन ६ हजार १ सय ९० जनाले औषधि सेवन गरेकोमा आज दोश्रो दिन ९ हजार २ सय ४६ जनाले औषधि सेवन गरेका छन्।

आज आइतबार अभियानको दोश्रो दिन वडा नम्बर १ मा १ हजार १९ , २ मा ९ सय ७८ , ३ मा ८ सय ९४, ४ मा १ हजार ८४, ५ मा १ हजार २ सय ७४, ६ मा १ हजार २ सय १, ७ मा ६ सय ६४, ८ मा ५ सय ९०, ९ मा ९ सय ५४ र १० नम्बर वडामा ६ सय ४८ जनाले औषधी सेवन गरेका छन् । आज घरका साथै विभिन्न वडाका विद्यालयमा समेत औषधि खुवाइएको छ।

अभियानको पहिलो दिन वडा नम्वर १ मा १ हजार २ सय ८७, २ मा ३ सय ७०, ३ मा २ सय ९८, ४ मा ७ सय ९५, ५ मा ६ सय ६४, ६ मा ८ सय ९९, ७ मा ४ सय ४४, ८ मा ३ सय २८, ९ मा ६ सय ८७ र १० मा ४ सय १८ जनाले औषधि सेवन गरेको स्वास्थ्य संयाजक मुरारी आचार्यले जानकारी दिए ।

हिजो माघ २५ गते वडाका जनप्रतिनिधिहरुले औषधि सेवन गरेर कार्यक्रमको उद्घाटन् गरेका थिए । नगरका सञ्चारकर्मीहरु वडा विभाजन गर्दै वडा वडामा पुगेर औषधि सेवनमा प्रोत्साहन गर्दै रिपोर्टिङमा खटिएका छन् ।

शुक्रबार नगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश सांसद कृष्णकुमारी राई र पथरी शनिश्चरे नगर प्रमुख दिलीपकुमार राईले औषधि सेवन गरी कार्यक्रमको उद्घाटन् गरेपछि हिजोबाट वडा वडामा औषधि सेवनको अभियान अघि बढाइएको हो ।

अभियानलाई प्रभावकारी बनाउन नगरपालिकाले वडा वडाका संघ संस्थाका प्रमुख सहितका सामाजिक अगुवा, शिक्षक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई औषधि सेवनका बारेमा अभिमुखिकरण प्रदान गरेको छ । सवैले सवैलाई औषधि खानका लागि आव्हान गर्न अनुरोध गरिएको नगर प्रमुख राईले वताए । कार्यक्रममा पथरी नगर अस्पतालका डा। सावन मेहताले औषधिले असर गर्छ भन्ने भ्रम हटाएर सवैले औषधि खाँदा मात्र रोग निवारण हुने उल्लेख गर्नुभयो ।

नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाका ५० जना स्वास्थ्यकर्मी र ३० जना महिला स्वास्थ्य स्वयमसेविकामार्फत एक सातासम्म घर घरमा गएर औषधि खुवाउने कार्यक्रम अघि बढेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes