पथरी बहुमुखीमा खेलकुद सप्ताह समापन साथै पुरस्कार वितरण - Pahilo Online

पथरी बहुमुखीमा खेलकुद सप्ताह समापन साथै पुरस्कार वितरण

writer

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे १ मा अवस्थित पथरीबहुमुखी क्याम्पसको खेलकुद सप्ताह २०७६ को समापन संगै पुरस्कार वितरण कार्यक्रम पनि सम्पन्न भएको छ।

स्ववियुको आयोजना र पथरी बहुमुखी क्याम्पसको सहकार्यमा माघ १९ गतेदेखि २६ गतेसम्म चलेको खेलकुद सप्ताहमा ब्याटमिन्टन, टेबलटेनिस, छेलो, चेस, भलिबल, टाईगर फाइप, डोरी तान्ने लगायतका खेलहरु भएका थिए। खेल सप्ताहको पुरस्कार वितरण कार्यक्रममा क्याम्पस सञ्चालक समितीका अध्यक्ष मोहनकुमार न्यौपानेको प्रमुख अतित्थ्यता, क्याम्पस प्रमुख चेतन पौडेल, स्वबियु अध्यक्ष गोपाल सावाँ, सहायक क्याम्पस प्रमुख शान्तिराम तिम्सिना, उमेश खड्का लगायतको विशेष उपस्थिति रहेको थियो।

खेलकुद कार्यक्रममा सहभागी भएर विजेता र उप विजेता हुने सबै प्रतियोगीहरुलाई प्रमुख अतिथी, क्याम्पस प्रमुखलगायतले अबिर लगाई मेडल र प्रमाणपत्रसहित सम्मान गरेका थिए। सप्ताहको सुरुवातसंगै भएका खेल छेलो हान्ने प्रतियोगितामा छात्रतर्फ केसर राई, प्रविन आचार्य र कुमार राई क्रमश प्रथम, द्वितिय र तृतिय भएका थिए भने छात्रा तर्फबाट सीमा राई, सुस्मिता कार्की र सुलोचना सुवेधि क्रमश प्रथम, द्वितिय र तृतिय भएका थिए। डवल ब्याडमिन्टन प्रतियोगितामा छात्र तर्फबाट सनम अधिकारी र अमित चौधरी विजयी भएका थिए भने अनिमेश थापा र जीवन खत्री उपविजेता भएका थिए । छात्रा तर्फबाट आरिया बस्नेत र गीता खड्का बिजेता बन्दा सीमा राई र मनिका गुरुङ उपविजेता बनेका थिए।

टेबलटेनिस प्रतियोगितामा छात्रबाट अनुश खड्का र अमृत मगर क्रमशः प्रथम र द्वितिय बने भने छात्राबाट मनिका गुरुङ र सुलोचना सुवेदी क्रमशः प्रथम र द्वितिय बनेका थिए। त्यस्तै डोरि तान्ने अन्तर संकायका छात्रबिचको प्रतियोगितामा दोस्रो बर्ष प्रथम हुँदा चौथो बर्षले दोश्रो स्थान हासिल गर्यो भने टाईगर फाइप प्रतियोगितामा दोस्रो बर्षले प्रथम स्थान हात पार्न सफल रहदा प्रथम बर्षले दोश्रो स्थान हात पारेको थियो। साथै अन्तर संङकाय भलिबल प्रतियोगितामा दोस्रो बर्षले प्रथम स्थान हासिल गर्दा तेस्रो बर्षले दोश्रो स्थान हात पार्न सफल भएको थियो। अन्तिम खेल चेस प्रतियोगितामा सन्जय परियार र मनकुमार लिम्बू क्रमशःप्रथम र दोस्रो भएका थिए।

कार्यक्रमको अन्त्यमा प्रमुख अतिथीले सम्पुर्ण विजयी प्रतियोगिलाई बधाई दिदै आगामी दिनहरुमा पनि यस्ताखालका कार्यक्रमहरु निरन्तर गर्नेपनि बताएका थिए। (स्रोत–एचके ट्युव नेपाल) 

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes